अर्थ / बाणिज्य

नेपाल टेलिकमले सदर चिडियाखानाका जनावर पन्छीका लागि आहारा प्रयोजन गर्ने

इकागज |
बैशाख १२, २०७९ सोमबार १०:५० बजे

काठमाण्डौ – नेपाल टेलिकमले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत राष्ट्रिय प्रकृति संरक्षण कोष, सदर चिडियाखाना जावलाखेलमा रहेका जनावर तथा पन्छीहरूका लागि १ वर्षसम्म आहाराको प्रायोजन गरेको छ ।

यससम्बन्धी सम्झौतापत्रमा हिजो नेपाल टेलिकमका तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र सदर चिडियाखानाका तर्फबाट निर्देशक रचना शाहले हस्ताक्षर गरेका छन् । 


उक्त अवसरमा राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारी र दुवै संस्थाका अन्य पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।  

कार्यक्रममा प्रमुख व्यावसायिक अधिकृत पहाडीले नेपाल टेलिकम र सदर चिडियाखानाबीच आगामी दिनमा समेत आपसी हित अभिवृद्धि हुने गरी विभिन्न कार्यक्रम गर्न सकिने र यो एउटा सुरुआत भएको बताइन् । 

कोषका सदस्य सचिव अधिकारीले धेरै पर्यटकहरूको उपस्थिति हुने सदर चिडियाखानामा नेपाल टेलिकमसँगको सम्झौताले दुवै पक्षलाई फाइदा पुग्ने र कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीबाट प्राप्त यो सहयोगलाई राष्ट्रिय प्रकृति संरक्षण कोषले सदुपयोग गर्ने विश्वास दिलाए । 

सम्झौताअनुसार नेपाल टेलिकमले चिडियाखानामा रहेको एउटा बाघ र अन्य जनावर तथा पन्छीहरूको लागि १ वर्षसम्म आहाराको व्यवस्थाका लागि रकम उपलब्ध गराउने छ । 

नेपाल टेलिकमले समय समयमा विभिन्न वर्ग तथा क्षेत्रलाई लक्षित गर्दै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ।
 


Author

थप समाचार
x