अर्थ / बाणिज्य

महालक्ष्मी विकास बैंकका ग्राहकलाई इट एण्ड ड्रिङ्क रेष्टुरेन्टमा छुट

इकागज |
बैशाख १२, २०७९ सोमबार १३:४३ बजे

काठमाडौं –महालक्ष्मी विकास बैंक लिमिटेड र कमानेमा अवस्थित इट एण्ड ड्रिङ्क रेष्टुरेन्ट बिच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात बैंकको डेबिड कार्ड, क्युआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङ मार्फत भुक्तानी गर्नुहुने ग्राहकले रेष्टुरेन्ट तथा बारका विभिन्न सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको जनाएको छ । 


यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने अभिप्रायका साथ यस बैकले विभिन्न शाखाहरूबाट जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।


Author

थप समाचार
x