अर्थ / बाणिज्य

अब नोकिया बार फोनहरूमा एक वर्षको रिप्लेसमेन्ट वारेन्टी

इकागज |
बैशाख १०, २०७९ शनिवार १३:१३ बजे

काठमाडौँ – अब नेपाली उपभोक्ताहरूले नोकिया बार फोन किनेको १ वर्षसम्म रिप्लेसमेन्ट वारेन्टी पाउने भएका छन् । 

नोकिया फोनहरूको उत्पादक एचएमडी ग्लोबलले किनेको एक वर्षसम्म फोनमा कुनै पनि प्राविधिक समस्या आएमा साट्न सकिने जानकारी दिएको हो । 


‘टिकाउपन र भरपर्दो ब्याट्री लाइफले गर्दा सबैजना नोकिया फोनलाई माया र विश्वास गर्छन् र एउटा सेट आफुसँग राख्न चाहन्छन्’ कम्पनीले जारी गरेको सूचनामा भनिएको छ, ‘उपभोक्ताको यो विश्वासलाई कायम राख्न र आफ्नो ब्रान्ड लोयल्टी अझै बढाउन नोकियाले आफ्नो बार फोनहरूमा रिप्लेसमेन्टको सुविधा ल्याएको हो ।’ 

यो क्याम्पेन अन्तर्गत उपभोक्ताहरूले अधिकारिक वितरक र शो रूममा गएर आफ्नो पुरानो नोकिया बार नयाँँ फोन सँग साट्न सक्नेछन् । यो योजना नोकियाको १०५, ११०, ५३१०, ६३१०, १५०, २१०, र १२५ मोडलमा लागू हुनेछ ।


Author

थप समाचार
x