अर्थ / बाणिज्य

साहारा एप : आफ्नो कमाई सबै आफैले राख्न पाउने

इकागज |
चैत १७, २०७८ बिहीबार १२:१६ बजे

काठमाडौं– सहारा एपमार्फत राईड सेयरिङ गर्दा राईडरले आफ्नो कमाइको पैसा आफै राख्न पाउने भएका छन् । ​

राइड सेयरिङ एप ‘साहारा एप’ ले राइडरसँग कमिसन नलिने घोषणासँगै राइडरको आर्कषण थप बढेको कम्पनीले जनाएको छ । 

कम्पनीले सेवाग्राही र राइडरको हितमा विभिन्न योजनाहरु ल्याउँदै आएको छ । साहारा एपको बाइक र ट्याक्सी चलाएर महिनाको ६० हजार भन्दा बढी कमाउने राइडरहरु पनि रहेको कम्पनीले जनाएको छ ।

एप चलाउन सजिलो हुनुका साथै निशुल्क तालिम, कमिशन दिनु नपर्ने र आनन्दले आम्दानी गर्न सकिने राइडरहरु बताउँछन् । नेपालीले नै निर्माण र सञ्चालन गरेको यस एप पछिल्लो समय ग्राहक र राइडरको पहिलो रोजाइमा पर्ने गरेको छ  । थप विशेषतासहित अन्य सुविधा पनि थप्दै जाने कम्पनीका अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए ।



Author

थप समाचार
x