अर्थ / बाणिज्य

मुक्तिनाथ विकास बैंकद्वारा निलसागर सेवा आश्रममा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

इकागज |
चैत १४, २०७८ सोमवार १४:२४ बजे


काठमाडौं – मुक्तिनाथ विकास बैंकद्वारा निलसागर सेवा आश्रममा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरेको छ । उक्त योजना अनुसार बैंकले राप्ती गा.पा. – ०८, पिपरी, दाङ्ग स्थित नीलसागर असहाय अशक्त तथा ज्येष्ठ नागरिक पुनः स्थापना केन्द्र (निलसागर सेवा आश्रम) का लागि खाद्य वस्तुहरु, डस्टबिन तथा अन्य सामग्रीहरुका लागि सहयोग गरेको हो । 

बैंकले निलसागर सेवा आश्रमलाई एक कार्यक्रम बीच उक्त सामग्रीहरु हस्तान्तरण गरेको छ । उक्त कार्यक्रममा बैंकका तर्फबाट सिसहनिया शाखाका प्रबन्धक दिपक कुमार पाण्डे र अन्य कर्मचारीहरुको उपस्थिति तथा निलसागर सेवा आश्रमका तर्फबाट आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो । 


यस सहयोगबाट निलसागर सेवा आश्रम रहेर बस्ने ज्येष्ठ नागरिक , अशक्त नागरिकको पुनः स्थापना गर्न मद्दत पुग्ने धारणा बैंकले लिएको  जनाएको छ । 

 


Author

थप समाचार
x