अर्थ / बाणिज्य

निशान म्याग्नाइटले पूरा गर्यो ५० हजार युनिट उत्पादनको माइलस्टोन

इकागज |
चैत ११, २०७८ शुक्रबार १३:२२ बजे

काठमाडौं – निसान इन्डियाले आज ५० हजार वटा निसान म्याग्नाइट चेन्नाई मारहेको रिनोल्ट निसान अटोमोटिभ इन्डिया प्रा.लि.को कारखानाबाट उत्पादन गरेको छ । 
अर्थात उक्त कम्पनीले ५० हजारौं  नम्बरको म्याग्नाइट तयार गरेको हो । 

म्यागनाइट ग्राहकको आकांक्षा अनुसारको पहिलो अन्तराष्ट्रिय उत्पादन हो, जुन निसानको अर्को उत्पादनको पूर्व संकेत मानिन्छ । 


निसान मोटर इन्डियाका प्रेसिडेन्ट सिनान ओजकोक भन्छन्, अन्तराष्ट्रिय बजारमा ‘दि मेक अफ इण्डिया मेक फर दि वल्ड’ अनुसार  एस्.यू.भी.खास मोडेलको उत्पादन हो ।  यसले निसानको अन्तराष्ट्रिय बजारमा पुरानोलाई विस्थापन गरी नयाँ उत्पादन उपलब्ध गराउने राजनिति अनुसार बजारमा आउने जनाएको छ । 

बिगबोल्ड , ब्युटीफुल (ठुलो, बलियो, राम्रो) एस्.यू.भी.ले भारतका साथै अन्तराष्ट्रिय बजारमा महत्वपूर्ण भूमिका खेल्ने मानिन्छ ।

‘हामी हाम्रा ग्राहकहरू, विजिनेस पार्टनरहरु र कर्मचारीहरुलाई भारत र अन्तराष्ट्रिय बजारमा निसान म्याग्नाइटले उल्लेखनीय सफल बनाउन सहयोग गरेकोमा हार्दिक धन्यबाद दिन्छौं’ उक्त विज्ञप्तीमा उल्लेख गरेको छ । 


Author

थप समाचार
x