अर्थ / बाणिज्य

साताको सेयर बजार

एक सातामै १५१ अंकले घट्यो सेयर बजार परिसूचक

इकागज |
माघ १४, २०७८ शुक्रबार १७:४ बजे

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज नेप्से यो साता नराशाजनक रह्यो । साताको सुरुवात देखिनै ओरालो लाग्न सुरु गरेको बजार चौथो दिनसम्म कायम रहेको थियो । साताको अन्तिम दिन ३ अंकले बढेर बजार बन्द भएको थियो । निरन्तर ओरालो लागेर २२ सय अंक नजिक पुगेको सेयर बजार केही सातामा ७ सय अंक भन्दा माथि उक्लिएको बजार परिसूचक २९ सय अंकमाथि पुगेको थियो । गत साता मात्रै ७३ अंकले बढेको बजार यो साता भने १५१ अंकले घटेको छ । २९३१ अंकबाट सुरु भएको साताको कारोबार बन्द हुने समयमा २७७९ अंकमा ओर्लिएको छ ।

आइतबार


सातको पहिलो दिन आइतबार सेयर बजार १० अंकले घटेरे निराशाजनक सुरुवात गरेको थियो । २९३१ अंकबाट कारोबार सुरु भएको सेयर बजारमा आइतबार प्रमुख समूहगत परिसूचक ओरालो लाग्दा परिसूचक १०.८३ अंकले घटेर २९२०.५१ बिन्दूमा कारोबार बन्द भएको थियो । आइतबार २ सय ३२ कम्पनीको ७ अर्ब ३ करोड ५ लाख रुपैयाँ कारोबार भएको थियो ।

सोमबार

आइतबारको कारोबारमा १० अंकले घटेर नकारात्मक सुरुवात गरेको सेयर बजार साताको दोस्रो दिन उलेख्य गिरावट आएको थियो। सोमबार सेयर बजार १ सय अंकले घटेर २९ सय अंकमाथि रहेको बजार परिसूचक २८२०.६५ अंकमा झरेको थियो । सोमकारको कारोबारमा सेयर बजार परिसूचक ९९.८६ अंक अर्थात ३.४२ प्रतिशतले घटेको थियो । ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स १८.२० अंक अर्थात ३.३५ प्रतिशतले घटेर ५२५.९० अंकमा ओर्लिएको थियो ।

सोमबार बजारमा कारोबार रकम भने बढेको थियो । आइतबारको कारोबारमा ७ अर्ब ३ करोडको कारोबार भएको सेयर बजारमा सोमबार भने ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार १ सय ७७ रूपैयाँको कारोबार भएको थियो ।

मंगलबार

साताको तेस्रोदिन मंगलबार पनि सेयर बजारले ओरालो यात्रालाई निरन्तरता दियो। सोमबार १ सय अंकको गिरावट देखिएको बजार मंगलबार भने केही सहालिएको थियो।  साताको सुरुवातको दिन आइतबार १० अंक तथा सोमबार १ सय गरी दुई दिनमै ११० अंकले घटेको बजार मंगलबार ५ अंकले घटेको थियो । सेयर बजार ५.५९ अंकले बढ्दा समग्र बजार परिसूचक २८१५.०६ अंकमा पुगेर मंगलबारको कारोबार बन्द भएको थियो ।

तीव्र उतार चढाव देखिएको मंगलबारको कारोबारमा बजार बन्द हुने समयमा पनि नकारात्मक नै हुन पुगेको थियो । आइतबार र सोमबारको तुलनामा मंगलबार कारोबार रकममा कमी आएको थियो । मंगलबार ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार ६ सय २७ रूपैयाँको कारोबार भएको थियो ।

बुधबार

सातको सुरुवात देखिनै गिरावट देखिएको सेयर बजार बुधबार समेत रोकिएन । बुधबार सेयर बजार ३८ अंकले घट्दा बजार परिसूचक २८ सय अंकभन्दा तल पुगेको थियो । बुधबार ३८.४२ अंकले बजार घट्दा समग्र बजार मापक परिसूचक अंक २७७६.६५ बिन्दूमा ओर्लिएको थियो ।

बुधबारको कारोबारमा सेयर बजार परिसूचक ३८.४५ अंक अर्थात १.३६ प्रतिशतले घटेको थियो । बुधबार कारोबार रकममा ५ अर्बभन्दा तल झरेको थियो। ४ अर्ब ३१ करोड ३१ लाख ५ हजार ४ सय ४२ रूपैयाँ कारोबार भएको थियो ।

बिहीबार

साताको सुरुवातदेखि नै गिरावट देखिएको सेयर बजार अन्तिम दिनको कारोबारमा भने सामान्य अंकले बढेर सकारात्मक रुपले बजार बन्द भएको थियो । बिहीबार ३ अंकले बजार बढेको थियो । बजार ३.३३ अंकले बढ्दा समग्र बजार मापक परिसूचक २७७९.९८ बिन्दूमा पुगेर साताको बजार बन्द भएको थियो ।

तीव्र उतारचढाव देखिएको बिहीबारको कारोबारमा सेयर बजार परिसूचक ३.३३ अंक अर्थात ०.१२ प्रतिशतले बढेको थियो । आजको कारोबारमा ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ०.३८ अंक अर्थात ०.०७ प्रतिशतले बढेर ५१८.७२ अंकमा पुगेर बजार बन्द भयो ।

बजार बढेपनि कारोबार बिहीबार रकममा भने कमी आएको थियो । ३ अर्ब ३४ करोड ३४ लाख १३ हजार ६ सय ८४ रूपैयाँ कारोबार भएको थियो ।

३० अर्बको कारोबार

सेयर बजारमा साताभर करिब ३० अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकममा यस साता भने गत साताको तुलनामा केही कमी आएको छ । लगातार गिरावट देखिएको सेयर बजारमा आइतबार र सोमबार क्रमश: ७ अर्ब ३ करोड तथा ८ अर्ब ८८ करोडको कारोबार भएको थियो । साताको अन्तिम दिन कारोबार रकम ३ अर्ब ३४ करोडमा खुम्चिएको थियो ।

पछिल्लो एक सातामा नेप्से परिसूचकसँगै लगानीकर्ताको सम्पत्तिमा पनि गिरावट आएको छ । गतसाता १ खर्ब ५ अर्ब ४१ करोड रुपियाँले बढेको लगानीकर्ताको सम्पति यो साता भने २ खर्ब १३ अर्ब ९० करोड रुपियाँले गिरावट आएको छ । गत बिहीबार सेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक बजार पूँजीकरण कूल ४१ खर्ब ४२ अर्ब ५३ करोड रुपियाँ रहेको थियो । यो साता २ खर्ब १३ अर्ब ९० करोड रुपैयाँले सम्पति घटेर ३९ खर्ब २८ अर्ब ६३ करोड रुपियाँमा झरेको छ । 

यस्तो रह्‍यो साताभरको सेयर बजारको सूचकांक

 मिति

 नेप्से परिसूचक

 अंक फरक + वा - मा

 कारोबार रकम

माघ ९ आइतबार

२९२०.५१

-१०.८३

७ अर्ब ३ करोड रुपैयाँ

माघ १० सोमबार

२८२०.६५ 

-९९.८६

८ अर्ब ८८ करोड रुपैयाँ

माघ ११ मंगलबार

२८१५.०६

-५.५९

५ अर्ब ३९ करोड रुपैयाँ

माघ १२ बुधबार

२७७६.६५

-३८.४५

४ अर्ब ३१ करोड रुपैयाँ

माघ १३ बिहीबार

२७७९.९८

+३.३३

३ अर्ब ३४ करोड रुपैयाँ

 


Author

थप समाचार
x