अर्थ / बाणिज्य

सुनको मूल्य ताेलामा ९०० रुपैयाँले घट्यो

इकागज |
माघ १४, २०७८ शुक्रबार ११:१ बजे

काठमाडौँ- सुनको भाउ शुक्रबार प्रतितोला ९०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ६०० रुपैयाँ कायम भएको छ । बिहीबार भने छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, शुक्रबार तेजावी सुनको भाउ तोलाको ९२ हजार एक सय रुपैयाँ निर्धारण भएको छ । 


चाँदीको भाउ पनि घटेको छ । बिहीबार प्रतितोला एक हजार २९० रुपैयाँमा  कारोबार भएको चाँदी शुक्रबार २५ रुपैयाँले घटेको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला एक हजार २६५ रुपैयाँमा भएको छ । ।


Author

थप समाचार
x