अर्थ / बाणिज्य

स्ट्यान्डर्ड चार्टर्ड बैंकले पायो 'ट्रिपल ए' रेटिङ

इकागज |
माघ १३, २०७८ बिहीबार १७:५० बजे

काठमाडौँ - इक्रा नेपालले स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई (आईसीआरएएनपी-आईआर) ट्रिपल ए रेटिङ प्रदान गरेको छ।  यो रेटिङको अर्थ बैंक वित्तीय सेवामा सुरक्षित रहेको मानिन्छ। बैंकले लगातार तेस्रो वर्ष बैंकले राम्रो रेटिङ पाएको जनाएको छ । यसमा ऋण जोखिम एकदमै कम रहेको समेत रेटिङले देखाएको छ।

इक्राका अनुसार कोभिड-१९ महामारीको प्रभावबीच कम्पनीको पुँजीकरण र स्वस्थ सम्पत्ति रहेकाले बैंकको बलियो वित्तीय प्रोफाइललाई रेटिङले देखाएको छ। बैंकको सन् २०२१ मध्यअक्टोबरसम्म जोखिममा हुनसक्ने सम्पत्ति अनुपात (सीआरएआर) १६.०९ प्रतिशत र टायर १ १४.४६ प्रतिशत रहेको छ। जुन भनेको न्यूनतम नियामकीय आवश्यकता ११ प्रतिशत र ७ प्रतिशतभन्दा राम्रो विन्दूमा देखिएको इक्राले जनाएको छ। 


बैंकको कस्ट अफ फन्ड तथा विश्व ब्रान्डको चिनारीले बैंकलाई प्रतिस्पर्धी स्थानमा राखेको र यसको डिपोजिटमा पनि सुधार देखिएको रेटिङले देखाएको छ। 

बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिर्वाण घोष दास्तिदारले भने, ‘एएए रेटिङ लगातार तीन वर्षसम्म पाइरहँदा हाम्रो ग्राहक र स्टेकहोल्डरप्रतिको प्रतिबद्धतालाई उजागर गरेको र यसका लागि सबैलाई धन्यवाद दिन चाहन्छौँ।’ 


Author

थप समाचार
x