अर्थ / बाणिज्य

आफ्नै अपरेटिङ सिस्टम निर्माण गर्दै भारत

इकागज |
माघ १३, २०७८ बिहिवार १७:३ बजे

काठमाडौँ - भारत सरकारले आफ्नै अपरेटिङ सिस्टम निर्माण गर्ने भएको छ । एन्ड्रोइड र आईओएसलाई टक्कर दिनको लागि आफ्नै अपरेटिङ सिस्टम ल्याउने तयारीमा भारत लागेको हो ।

भारत सरकारले गुगलको एन्ड्रोइड र एप्पलको आईओएसको विकल्पको रूपमा स्वदेशी अपरेटिङ सिस्टम सिर्जना गर्न उद्योगका लागि इकोसिस्टमलाई सहज बनाउने नीति ल्याउने योजना बनाएको केन्द्रीय इलेक्ट्रोनिक्स र आईटी राज्यमन्त्री राजीव चन्द्रशेखरले बताएका हुन् । भारतले ल्याउने अपरेटिङ सिस्टम इको सिस्टम तथा भारतीय प्रयोगकर्ताका लागि सहज रूपमा प्रयोग गर्न सकिने उनले बताएका हुन् ।


सरकारले स्वदेशी अपरेटिङ सिस्टमको विकासका लागि स्टार्टअप र शैक्षिक इकोसिस्टम भित्रै क्षमताको खोजी गरिरहेको बताए । अहिले रहेका अपरेटिङ सिस्टम गुगलको एन्ड्रोइड र एप्पलको आईओएस जसले हार्डवेयर इकोसिस्टमलाई पनि चलाइरहेको मन्त्रीले एक अन्तर्वार्तामा भनेका छन्।

अपरेटिङ सिस्टम कुनै पनि कम्प्युटर र मोबाइल उपकरणको मुख्य सफ्टवेयर हो जुन ओएसको प्रभावकारी कार्यका लागि सम्पूर्ण हार्डवेयर र सफ्टवेयर प्रणालीमा अत्यन्तै आवश्यक हुन्छ ।


Author

थप समाचार
x