अर्थ / बाणिज्य

सेयर बजार निरन्तर ओरालोतर्फ, ३८ अंकले घट्यो परिसूचक

इकागज |
माघ १२, २०७८ बुधबार १५:३२ बजे

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताकाे कारोबारकाे चौथो दिनमा समेत गिरावट आएको छ । साताको पहिलो दिन आइतबार देखिनै ओरालो लाग्न थालेको बजार आजको कारोबारमा समेत निरन्तरता पायो । बुधबार बजार ३८ अंकले घट्दा बजार परिसूचक २८ सय अंक भन्दा भन्दा तल झरेको छ । आज ३८.४२ अंकले बजार घट्दा समग्र बजार मापक परिसूचक अंक २७७६.६५ बिन्दूमा ओर्लिएको छ ।

बुधबारको कारोबारमा सेयर बजार परिसूचक ३८.४५ अंक अर्थात १.३६ प्रतिशतले घटेको छ । आजको कारोबारमा ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ६.५६ अंक अर्थात १.२५ प्रतिशतले घटेर ५१८.३८ अंकमा ओर्लिएको छ ।


बुधबार कारोबार रकममा पनि कमी आएको छ । गत साता देखि बढेको कारोबार रकम आजको कारोबारमा भने ५ अर्बभन्दा तल झरेको छ । आज नेप्सेमा २३३ कम्पनीको ४ अर्ब ३१ करोड ३१ लाख ५४ ४२ रूपैयाँ बराबरको ९३ लाख ५८ हजार ७ सय कित्ता सेयर ६१ हजार ४ पटक खरिद बिक्री भएको छ ।

बजार घट्दा आज कारोबार भएका कम्पनीहरूमध्ये जम्मा १५ कम्पनीका लगानीकर्ताको सम्पत्ति बढेको छ भने १ सय ७० कम्पनीको सेयर मूल्य घटेको छ । घट्दो बजारमा पनि विन नेपाल लघुवित्त वित्तिय संस्था, बुद्धभूमि नेपाल हाइड्रो पावर, सीइडीबी हाइड्रो डेभलोमेन्ट कम्पनी, सानिमा जेनेरल इन्सोरेन्स तथा मैलुङ खोला जलविद्युत कम्पनी सर्वाधिक कारोबार गर्ने पाँच कम्पनी रहेका छन् ।

बुधबारको कारोबारमा समूहगत परिसूचकतर्फ १३ वटै परिसूचकको सेयर मूल्य घटेका छन् । बैंकिङ समूह १.२४ प्रतिशत, व्यापार समूह १ प्रतिशत, होटेल तथा पर्यटन समूह ०.५१ प्रतिशत, विकास बैंक समूह १.७ प्रतिशत, जलविद्युत समूह १.५८ प्रतिशत, फाइनान्स २.४२ प्रतिशत, माइक्रो फाइनान्स समूह १.१७ प्रतिशत, निर्जीवन बीमा समूह १.१४, जीवन बीमा समूह १.८२,  म्युचल फण्ड समूह १.१४ प्रतिशत, म्यानिफ्यक्चरिङ एण्ड प्रोडक्सन ०.७५ प्रतिशत, लगानी समूह २.१ प्रतिशत तथा अन्य समूह १.१४ प्रतिशतले घटेका छन् । आज सर्वाधिक गुमाउनेमा फाइनान्स कम्पनीको सेयर परेका छन् ।

आज गुमाउने पाँच कम्पनीमा पोखरा फाइनान्स लिमिटेड,सेन्ट्रल फाइनान्स लिमिटेड, मानुसी लघुवित्त वित्तिय संस्था, समृद्धि फाइनान्स तथा सानिमा इक्वटी फण्डको सेयर रहेका छन् । आजको कारोबारमा विन नेपाल लघुवित्त वित्तिय संस्था र बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनीको सेयरले सर्किट लेभलमा कारोबार गरेको छ ।


Author

थप समाचार
x