अर्थ / बाणिज्य

गुसिङगालमा बजाजको नयाँ सर्भिस सेन्टर

इकागज |
माघ १२, २०७८ बुधबार १४:११ बजे

काठमाडौँ - नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले  कुपण्डोलको गुसिङगालमा सम्पूर्ण सुविधा सम्पन्न नयाँ सर्भिसिङ सेन्टर 'गुसिङगाल मोटर साइकल सर्भिस  सेन्टर' खोलेको छ । बजाज सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले गुसिङगालमा पनि  सर्भिसिङ सेन्टर सञ्‍चालनमा ल्याएको हो ।

मोटर साइकल सर्भिसिङमा २० वर्षको अनुभव भएका दक्ष प्राविधिकहरुबाट सर्भिसिङ गराइने यस  सर्भिसिङ सेन्टरमा जम्मा ५५ मिनेटमा काम सम्पन्न हुने कम्पनीको दावी छ । एक दिनमा ८० भन्दा  बढी बाइकहरु सर्भिसिङ गर्न सक्ने क्षमता भएको यस सेन्टरमा ग्राहकहरुको सुविधाको लागि प्रतीक्षालय  र क्याफेको सुविधा पनि छ ।


बजाज ग्राहकहरुले खरिद गरेको सामाग्रीको अधिकतम महत्व प्रदान गर्न सधैंँ प्रतिबद्ध रहेको छ । नयाँ  सर्भिसिङ सेन्टरले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्ट तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ  । यसैको माध्यमबाट बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । बजाजले देशभरका ग्राहकहरुलाई गुणस्तरीय र छिटो सुविधा पुर्याउने प्रयास गरिरहको कम्पनीको दाबी छ ।

नयाँ सर्भिस सेन्टर शुभारम्भ गर्दै कम्पनीका जनरल म्यानेजर योगेन  गुरुङले भने, 'हामी कुपण्डोलमा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न छौं । हाम्रा  ग्राहकहरु निरन्तर वृद्धि भइरहनु भएको छ र उहाँहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी  हो । हामीले आशा गरेका छौँ कि यो नयाँ सर्भिसिङ सेन्टरसँगै यसले ग्राहकहरुको जीवन सहज बनाउनुका  साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव लिने अवसर प्राप्त गर्नेछन्।'


Author

थप समाचार
x