अर्थ / बाणिज्य

३ दिनमा ११५ अंकले घट्यो बजार परिसूचक

सेयर बजारमा ५ अंकको गिरावट

इकागज |
माघ ११, २०७८ मंगलबार १५:३१ बजे

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको तेस्रोदिनको कारोबारमा पनि गिरावट आएको छ । साताको सुरुवातको दिन आइतबार १० अंक तथा सोमबार १ सय गरी दुई दिनमै ११० अंकले घटेको बजार मंगलबार पनि ५ अंकले घटेको छ । सेयर बजार ५.५९ अंकले बढ्दा समग्र बजार परिसूचक २८१५.०६ अंकमा पुगेर मंगलबारको कारोबार बन्द भएको छ । तीव्र उतार चढाव देखिएको मंगलबारको कारोबारमा बजार बन्द हुने समयमा पनि नकारात्मक नै हुन पुग्यो ।

मंगलबारको कारोबारमा सेयर बजार परिसूचक ५.५९ अंक अर्थात ०.२० प्रतिशतले घटेको छ । मंगलबारको कारोबारमा ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स १.१७ अंक अर्थात ०.२२ प्रतिशतले घटेर ५२४.८६ अंकमा ओर्लिएको छ ।


मंगलबार कारोबार रकममा पनि कमी आएको छ । आइतबार ७ अर्ब ३ करोडको कारोबार भएको सेयर बजारमा सोमबार ८ अर्ब ८८ करोड भन्दा बढीको सेयर किनबेच भएको थियो । आज नेप्सेमा २२९ कम्पनीको ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार ६ सय २७ रूपैयाँ बराबरको ९७ लाख ८४ हजार ६ सय ५१ कित्ता सेयर ७२ हजार ४ सय १ पटक खरिद बिक्री भएको छ ।

बजार घट्दा आज कारोबार भएका कम्पनीहरूमध्ये जम्मा ६९ कम्पनीका लगानीकर्ताको सम्पत्ति बढेको छ भने १ सय २ कम्पनीको सेयर मूल्य घटेको छ । घट्दो बजारमा पनि विन नेपाल लघुवित्त वित्तिय संस्था, बुद्धभूमि नेपाल हाइड्रो पावर, पोखरा फाइनान्स, कालिका लघुवित्त वित्तिय संस्था तथा सामलिङ पावर कम्पनी सर्वाधिक कारोबार गर्ने पाँच कम्पनी रहेका छन् ।

मंगलबारको कारोबारमा समूहगत परिसूचकतर्फ जीवन बीमा बाहेक अन्य १२ वटै परिसूचकको सेयर मूल्य सामान्य घटेका छन् । जीवन बीमा समूह ०.३९ प्रतिशतले बढेको छ भने अन्य १२ समूहका सेयर मूल्य घटेका छन् । बैंकिङ समूह ०.२३ प्रतिशत, व्यापार समूह ०.०५ प्रतिशत, होटेल तथा पर्यटन समूह ०.१४ प्रतिशत, विकास बैंक समूह ०.४ प्रतिशत, जलविद्युत समूह ०.३१ प्रतिशत, फाइनान्स ०.२५ प्रतिशत, माइक्रो फाइनान्स समूह ०.३१ प्रतिशत, निर्जीवन बीमा समूह ०.१८,  म्युचल फण्ड समूह ०.०९ प्रतिशत, म्यानिफ्यक्चरिङ एण्ड प्रोडक्सन ०.१९ प्रतिशत, लगानी समूह ०.०४ प्रतिशत तथा अन्य समूह ०.४५ प्रतिशतले घटेका छन् ।

आज गुमाउने पाँच कम्पनीमा कृषि विकास बैंक ऋणपत्र, गुर्खाज फाइनान्स लिमिटेड, समिट लघुवित्त वित्तिय संस्था, समता घरेलु लघुवित्त तथा चन्द्रागिरी हिल्सको सेयर रहेका छन् । आजको कारोबारमा विन नेपाल लघुवित्त वित्तिय संस्थाको सेयरले सर्किट लेभलमा कारोबार गरेको छ ।


Author

थप समाचार
x