अर्थ / बाणिज्य

कामना सेवा विकास बैंकको स्थानान्तरित शाखाको उद्घाटन सम्पन्न

इकागज |
माघ १०, २०७८ सोमबार १८:६ बजे

काठमाडौँ - कामना सेवा विकास बैंकले तनँहु शुक्लागण्डकी नगरपालिका  ८ ढोरफिर्दी शाखा कार्यालयलाई ग्राहकहरुकोे माग तथा सुविधालाई मध्यनजर गरी तनँहु जिल्ला शुक्लागण्डकी नगरपालिका वडा नं. ४ दुलेगौडामा शाखा स्थानान्तरण गरेको छ ।

बैंकका सञ्चालक  चतुराखर अधिकारी,  देवकृष्ण काफ्ले तथा बलराम बरालले संयुक्त रुपमा  स्थानान्तरित दुलेगौडा शाखा कार्यालयको उद्घाटन  गरेका हुन् । विभिन्न डिजिटल  माध्यमहरुबाट समेत ग्राहकहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको बैंकले १२९ वटा शाखा, १ विस्तारित शाखा, १ शाखा रहित बैंकिङ सेवा तथा ७७ वटा एटिएम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।



Author

थप समाचार
x