अर्थ / बाणिज्य

सेयर बजारमा १ सय अंकको गिरावट

इकागज |
माघ १०, २०७८ सोमबार १५:३७ बजे

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबारको कारोबारमा उलेख्य गिरावट आएको छ । आइतबारको कारोबारमा १० अंकले घढेको बजार परिसूचक सोमबारको कारोबारमा भने झन्डै १ सय अंकले गिरावट आएको हो । गत साता बजार बढ्दै २९ सय अंकमाथि पुगेको बजार परिसूचक आजको कारोबारपछि भने २८२०.६५ अंकमा झरेको छ । आजको कारोबारमा सेयर बजार परिसूचक ९९.८६ अंक अर्थात ३.४२ प्रतिशतले घटेको छ ।

सोमबारको कारोबारमा ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स १८.२० अंक अर्थात ३.३५ प्रतिशतले घटेर ५२५.९० अंकमा ओर्लिएको छ ।


सोमबार कारोबार रकम भने बढेको छ । आइतबार ७ अर्ब ३ करोडको कारोबार भएको सेयर बजारमा आज ८ अर्ब ८८ करोड भन्दा बढीको सेयर किनबेच भएको छ । नेप्सेमा २२८ कम्पनीको ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार १ सय ७७ रूपैयाँ बराबरको १ करोड ७० लाख ६३ हजार ८ सय ३३ कित्ता सेयर १ लाख १३ हजार २ सय ५ पटक खरिद बिक्री भएको छ ।

बजार घट्दा आज कारोबार भएका कम्पनीहरूमध्ये जम्मा ६ कम्पनीका लगानीकर्ताको सम्पत्ति बढेको छ भने १ सय ८५ कम्पनीको सेयर मूल्य घटेको छ । घट्दो बजारमा पनि विन नेपाल लघुवित्त वित्तिय संस्था, बुद्धभूमि नेपाल हाइड्रो पावर, ज्योती लाइफ इन्सोरेन्स, गुर्खाज फाइनान्स लिमिटेड तथा सानिमा लार्ज क्याप फण्ड सर्वाधिक कारोबार गर्ने पाँच कम्पनी रहेका छन् ।

सोमबारको कारोबारमा समूहगत परिसूचकतर्फ १३ वटै परिसूचक राताम्मे देखिएका छन् । सबैभन्दा बढी विकास बैंक समूह ४.५० प्रतिशत, जलविद्युत समूह ४.४५ प्रतिशतले ओरालो लागेका छन् । त्यस्तै बैंकिङ समूह २.८८ प्रतिशत, व्यापार समूह ३.६८ प्रतिशत, होटेल तथा पर्यटन समूह ३.३४ प्रतिशत, फाइनान्स समूह ४.३ प्रतिशत, माइक्रो फाइनान्स ३.२८ प्रतिशत, निर्जीवन बीमा समूह ३.७८, जीवन बीमा समूह ३.३७, म्युचल फण्ड समूह २.१९ प्रतिशत, म्यानिफ्यक्चरिङ एण्ड प्रोडक्सन ३.२३ प्रतिशत, लगानी समूह ३.४१ प्रतिशत तथा अन्य समूह ३.७६ प्रतिशतले घटेका छन् ।

आज गुमाउने पाँच कम्पनीमा कर्णाली डेभलोमेन्ट बैंक, माउन्टेन हाइड्रो नेपाल, आशा लघुवित्त, ओरेयन्ट होटेल लिमिटेड तथा सामालिङ पावर कम्पनी रहेका छन् ।सोमबारको कारोबारमा विन नेपाल लघुवित्त तथा बुद्धभूमि नेपाल हाइड्रो पावर लिमिटेडको सेयरमा सर्किट ब्रेकर लागेको छ ।


Author

थप समाचार
x