अर्थ / बाणिज्य

सेयरको मूल्य किन परिवर्तन भएन ?

इकागज |
माघ ५, २०७८ बुधबार १९:५० बजे

प्रतिकात्मक तस्बिर

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुरानो वेभसाइट नचल्दा 'मेरो सेयर' बाट मूल्य परिवर्तन भएको छैन । दुई दिनदेखि वेभसाइट नचल्दा मेरो सेयरबाट मूल्य परिवर्तन हुन नसकेको हो ।

पुरानो साइटबाट मूल्यको तथ्यांक लिने भएकाले समस्या भएको सीडीएसीका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । उनले भने,' हामीले नेप्सेको पुरानै साइटबाट तथ्यांक लिने हो, नेप्सेको उक्त साइट नचल्दा मेरो सेयरमा सेयर मूल्य परिवर्तन नभएको हो ।'



Author

थप समाचार
x