अर्थ / बाणिज्य

सेयर बजार ३८ अंकले घट्यो

इकागज |
माघ ५, २०७८ बुधवार १५:२४ बजे

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) बुधबारको कारोबारमा ३८ अंकले घटेको छ। आइतबार र सोमबार उकालो लागेको परिसूचक  मंगलबार र बुधबार भने घटेको हो । आज नेप्से ३८.३५ अंकले घट्दा समग्र बजार परिसूचक भने २८९८.३१ बिन्दूमा ओर्लिएको छ ।

आज सेयर मूल्य मापन गर्ने नेप्से परिसूचक १.३१ प्रतिशत घटेको छ भने ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स १.४३ प्रतिशतले घटेर ५३९.६५ मा आएको छ ।


बुधबार बजार घटेसँगै कारोबार रकममा पनि कमी आएको छ । नेप्सेमा २२८ कम्पनीको ६ अर्ब २१ करोड ३१ लाख १८ हजार ८१ रूपैयाँ बराबरको १ करोड १८ लाख ३७ हजार २ सय १५ कित्ता सेयर ८४ हजार २ सय ३३ पटक खरिद बिक्री भएको छ ।

घट्दो बजारमा पनि आज कारोबार भएका कम्पनीहरूमध्ये २० कम्पनीका लगानीकर्ताको सम्पत्ति बढेको छ भने १ सय ६५ कम्पनीको सेयर मूल्य सामान्य घटेको छ । बजार घट्दा पनि सामलिङ पावर कम्पनी, साङग्रिला डेभलोमेन्ट, बुद्धभूमि नेपाल हाइड्रो पावर, सेन्चुरी कमर्सियल बैंक, छ्याङदी हाइड्रो पावरको सेयर आज सर्वाधिक कमाउने पाँच कम्पनीमा परेका छन ।

आजको कारोबारमा समूहगत परिसूचक तर्फ सबै समूहको सेयर मूल्य घटेको छ । लगानीमा १.५८ प्रतिशत, मेनिफ्याचरिङ एण्ड प्रोडक्सन १.४४ प्रतिशत, व्यापार २.५४ प्रतिशत, विकाश बैंक १.२२ प्रतिशत, हाइड्रो पावर १.७१ प्रतिशत, जीबन बीमा १.३८ प्रतिशत, माइक्रो फाइनान्स १.३७ प्रतिशत, फाइनान्स २.०२ प्रतिशत, निर्जीवन बीमा ०.८९ प्रतिशतले, होटल तथा पर्यटन २.३६ प्रतिशत बैंकिङ ०.३७ प्रतिशत, म्युचल फण्ड १.२६ र अन्य २.६७ प्रतिशतले घटेको छ।

आज गुमाउने पाँच कम्पनीमा घेलम्दी हाइड्रो पावर, कालिका लघुवित्त, ग्लोबल आइएमई समुन्नत स्किम, मध्य भोटेकोशी जलविद्युत र गुह्वेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स रहेका छन ।


Author

थप समाचार
x