अर्थ / बाणिज्य

कोरोना बीमा भुक्तानीमा आनाकानी, अध्ययन गर्न अर्थमन्त्रीको निर्देशन

इकागज |
असोज १३, २०७८ बुधबार १७:४१ बजे

काठमाडौँ - अर्थमन्त्री जनार्दन शर्माले कोभिड-१९ बीमादाबी भुक्तानी सम्बन्धमा अध्ययन गरी प्रक्रिया अघि बढाउन बीमा समितिलाई निर्देशन दिएको छ । बीमा कम्पनीहरूले बीमितहरूलाई ११ अर्बभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ । सरकारले पनि बीमा भुक्तानी गर्ने विषयमा आनाकानी गर्दै आइरहेको छ ।

विभिन्न बीमा कम्पनीहरुले भुक्तानी गर्न बाँकी कोरोना बीमाको सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले छलफल थालेका छन् । बुधबार मन्त्री शर्माले  बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालसहितका पदाधिकारीहरूलाई बोलाएर कोभिड-१९ बीमा भुक्तानीको लागि आवश्यक पर्ने स्रोत साधन र उपायका विषयमा छलफल गरे ।  यस विषयमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने गरी तयारी थाल्न समितिलाई निर्देशन दिएका हुन् ।



Author

थप समाचार
x