अर्थ / बाणिज्य

जीवन बीमा कम्पनीले भदौमा मात्रै संकलन गरे साँढे ११ अर्ब, सबैभन्दा धेरै संकलन नेपाल लाईफले गर्‍यो

इकागज |
असोज ११, २०७८ सोमबार १८:५२ बजे

 काठमाडौँ -  जीवन बीमा कम्पनीले मात्रै भदौं महिनामा ११ अर्ब ५४ करोड रुपैंया बराबरको  बीमा शुल्क संकलन गरेको पाइएको छ।बीमा कमपनीहरुले संकलन गरेको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षमा कुलन बीमा संकलन रकम २८ अर्ब १४ करोड रुपैंया पुगेको हो। 

 तयसमा  प्रथम बीमा शुल्क ३ अर्ब ६४ करोड , नसविकरण बीमा शुल्क ७ अर्ब ७८ करोड र बैदेशिक रोजगार बीमा शुल्क १२ करोड  रुपैंयामा भदौ महिनामा संकलन भएको हो।  त्यसमा राष्ट्रिय बीमा संस्थानले भदौं महिनामा ६० करोड र चालू आर्थिक वर्षको हालसम्म ४ अर्ब ३४ करोड  संकलन भएको हो। 


 नेशलन लाईभ इन्रसेन्सको  भदौं महिनामा १ अर्ब ८ करोड र हाल सम्म २ अर्ब ४१ करोड रुपैंया संकलन भएको हो।  त्यस्तै नेपाल लाइफ इन्सुरेन्सको  भदौं महिनामा २ अर्ब ८७ करोड र हालसम्म ७ अर्ब ६२ करोड रुपैंया बीमा शुल्क संकलन भएको  बीमा समितिले जानाकारी दिएको छ। 

 तयस्तै एलआइसी इन्सुरेन्सले भदौ महिनामा २ अर्ब ३६ करोड र हालसम्म ३ अर्ब ३६ करोड रुपैंया विमा शुल्क संकलन गरेको हो।  मेट लाईफले भदौंमा ४४ करोड र हालसम्म ९३ करोड रुपैंया बीमा शुल्क संकलन गरेको हो।  एसियन लाइफले भदौंमा ४१ करोड र हालसम्म १ अर्ब ५ करोड रुपैंया संकलन गरेको छ।  सुर्य लाईफ ले भदौं महिनामा ३१ करोड र हालसम्म ८३ लाख रुपैंया  बीमा शुल्क संकलन गरेको छ। 

 गुँरास लाइफले एक भदौ महिनामा २४ करोड र चालू आवको हालसम्म ६४ करोड रुपैंया संकलन गरेको हो।  आइएमई लाईफकको बीमा शुल्क संलन हेर्दा भदौ महिनामा २५ करोड र हालसम्म ५९ करोड रुपैंया संलन गरेको हो।  युनियन लाईफले भदौ महिनामा ६० करोड र  हालसम्म १ अर्ब ३५ करोड रुपैंया संकलन गरेको हो।  ज्योति लाईफले भदौंमा २द्द करोड र हालसम्म ५५ लाख रुपैंया संकलन गरेको हो। 

 सनलाईफभदौमा ३२ करोड र हालसम्म ६० करोड रुपैंया संलन गरेको हो।  रिलायन्स लाइफले भदौंमा २३ करोडर हालसम्म ५१ करोड रुपैंया बीमा शुल्क संकलन गरेको हो। रिलायबल लाइफले भदौ महिनामा ३६ करोड र हालसम्म ६६ करोड रुपैंया संकलन गरेको हो। 

 सिटिजन्स लाईफले भदौमा ५१ करोड र हालसम्म ९६ करोड रुपैंया संकलन गरेको हो।  सानिमा लाईफले भदौमा १८ करोड र हालसम्म ३२ करोड रुपैंया संकलन गरेको हो।  प्रभु लाईफले भदौमा ११ करोड र हालसम्म ४५ करोड रुपैंया संकलन गरेको हो।  त्यस्तै महालक्ष्मी  लाईफले भदौंमा ८ करोड र हालसम्म २० करोड रुपैंया संकलन गरेको देखिएको आज सार्वजनि भएको तथ्याङ्कले देखाएको छ।


Author

थप समाचार
x