अर्थ / बाणिज्य

बालश्रम शोषण अन्त्य गरिने घोषणा

इकागज |
जेठ १५, २०८० सोमबार १८:५२ बजे

काठमाडौं– सरकारले सबै प्रकारका बालश्रम शोषण अन्त्य गरिने घोषणा गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०÷८१ बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

हाल संचालनमा रहेका ८ वटा बाल सुधार गृहको मर्मत, सम्हार तथा संस्थागत क्षमता अभिवृद्धि गरिने उनले बताए । तनहुँको ढकालटारमा बाल सुधार गृह निर्माण गरिनुका साथै ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गराउन ज्येष्ठ नागरिक मिलन केन्द्रमार्फत अन्तर पुस्तान्तरण कार्यक्रम संचालन गरिने बजेट वक्तब्यमा उल्लेख छ । ‘काठमाडौंको गोठाटारमा १६५ क्षमताको वृद्ध आश्रम र ४५ बेडसहितको ज्येष्ठ नागरिक अस्पताल निर्माण गर्न बजेट व्यवस्था गरेको छु ।’ उनले भने ।
 



Author

थप समाचार
x