अर्थ / बाणिज्य

फेरि निजगढ एयरपोर्ट बनाइनेछ : अर्थमन्त्री

इकागज |
जेठ १५, २०८० सोमवार १७:५४ बजे

काठमाडौँ- ऋण लिई लिई बनेका दुई अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय घाँडोका आयोजनाका रूपमा रूपान्तरण भएका बेला अर्थमन्त्री डा. प्रकाशशरण महतले निजगढ एयरपोर्ट बनाउने घोषणा गरेका छन् ।

आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट संसदमा प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री डा. महतले निजगढ एयरपोर्टको वातावरणीय प्रभाव मूल्यांकन पुनः गरिने, बस्ती सारिने र लगानीको ढाँचा तय गरी ‘छिट्टै’ निर्माण गरिने बताए ।


झन्डै ५० अर्ब रुपैयाँभन्दा बढी ऋण लिएर बनाएका पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइए पनि विमान सेवा प्रदायक कम्पनीहरूले उडान भर्न नमान्दा सञ्चालन खर्चसमेत उठ्न सकेको छैन । यी दुवै विमानस्थलमा भारतले वैकल्पिक हवाई रुटको अनुमति नदिएका कारण सहज रूपमा सञ्चालनमा आउन नसकेको हो । 
 


Author

थप समाचार
x