अर्थ / बाणिज्य

उत्पादन र रोजगारलाई समृद्धिको आधार मान्दै उद्योगहरु स्थापना गरिने

इकागज |
जेठ १५, २०८० सोमबार १७:२४ बजे

काठमाडौं–  उद्योग क्षेत्रमा स्वदेशी तथा विदेशी पूजी आकर्षित गरिने भएको छ ।
अर्थ मन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
उत्पादन र रोजगार समृद्धिको आधार मूल नारा ल्याई निजी क्षेत्रलाई आकर्षित गरी उद्योगहरु स्थापना गरिनेसमेत उनले बताए । उद्याेग ग्राम निर्माणका लागि ४१ कराेड विनियाेजन गरिएकाे उनले बताए ।
 



Author

थप समाचार
x