अर्थ / बाणिज्य

स्थानीय तहमा कृषि एवं पशुपन्क्षी विषयका स्नातक जनशक्ति व्यवस्थापन गर्न ४७ करोड

इकागज |
जेठ १५, २०८० सोमबार १७:१८ बजे

काठमाडौँ– सरकारले आगामी आर्थिक वर्षमा हरेक स्थानीय तहमा कृषि एवं पशुपन्क्षी विषयका स्नातक जनशक्ति व्यवस्थापन गर्ने भएको  छ ।

सरकारले उक्त जनशक्ति व्यवस्थापनका लागि आगामी आर्थिक वर्षको बजेटमा ४७ करोड बजेट छुट्याएको छ ।


सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०–८१ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण  महतले यस्तो जानकारी दिएका हुन् ।

‘खेत बारीमा प्राविधिक सेवा, उत्पादनमा टेवा भन्ने नाराका साथ हरेक स्थानीय तहमा कृषि एवम् पशुपन्क्षी विषयका स्नातक जनशक्ति व्यवस्थापन गर्न ४७ करोड विनियोजन गरेको छु,’ उनले भने ।


Author

थप समाचार
x