अर्थ / बाणिज्य

राष्ट्रिय बीमा कम्पनीले माग्यो २४ कर्मचारी

इकागज |
चैत ३, २०७९ शुक्रबार ८:५८ बजे

काठमाडौँ- राष्ट्रिय बीमा कम्पनीले विभिन्न तहमा स्थायी कर्मचारीको माग गरेको छ । प्रशासन व्यवस्थापक १, प्रशासन सह व्यवस्थापक १, प्रशासन सह व्यवस्थापक (चार्टड एकाउन्टेन्ट) १, प्रशासन नायव व्यवस्थापकमा खुला र दलित २, प्रशासन नायव व्यवस्थापक (चार्टड एकाउन्टेन्ट) १, प्रशासन कानुन अधिकृत १, प्रशासन सूचना प्रविधि अधिकृत १, प्रशासन सहायक व्यवस्थापक ९,प्रशासन सहायक (क) १ र प्रशासन सहायक (ख) ६ जनासहित कूल २४ कर्मचारीको माग गरिएको बीमा कम्पनीले जनाएको छ ।

खुला, महिला, दलित, मधेशी र पिछडा क्षेत्र वर्गका उम्मेदवारले विभिन्न पदमा दरखास्त दिन सकिने सूचनामा बताइएको छ । सूचना प्रकाशन भएको मितिदेखि २१ दिन भित्रमा इच्छुक उम्मेदवारले आवेदन दिइसक्नुपर्नेछ । दोब्बर दस्तुर तिरेर चैत ३० गतेसम्म आवेदन दिन पाइने सूचनामा उल्लेख गरिएको छ ।



Author

थप समाचार
x