अर्थ / बाणिज्य

पेट्रोलियम निर्भरता कहिले कम हुन्छ ?

शुरज थपलिया |
मंसिर २६, २०७९ सोमबार १७:१९ बजे

काठमाडौँ- नेपालको खनिज सम्पदाहरू साना, छरिएका र कम विकसित छन्  । त्यहाँ कोइला (लिग्नाइट), फलाम अयस्क, म्याग्नेसाइट, तामा, कोबाल्ट, पाइराइट (सल्फ्यूरिक एसिड बनाउन प्रयोग हुने), चुनढुङ्गा र अभ्रकका ज्ञात भण्डारहरू छन् ।

राजनीतिक चासो नहुँदा र अस्थिर सरकार हुँदा देशको विकास हुन सकेको छैन । नेपाल पेट्रोल र डिजेल धेरै आयात गर्ने मुलुकमध्ये १०९ औं नम्बरमा पर्छ । प्रतिदिन करिब ४३ हजार ब्यारेलको ६८ लाखभन्दा बढी लिटर प्रयोग हुन्छ । सन् १९७४ मा नेपालले भारतसँग पेट्रोलियम आपूर्तिसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेको थियो ।


२०५५ देखिहालसम्म पेट्रोल-डिजेलको मूल्य र प्रधानमन्त्रीको कार्यकाल

त्यसयता भारतीय आयल कर्पोरेसनको इन्धन आपूर्तिमा भूपरिवेष्टित नेपालमा एकाधिकारको एक मात्र आपूर्तिकर्ता बन्न पुग्यो र आजको मितिसम्म पनि नेपाल पेट्रोलियम पदार्थका लागि भारतमा निर्भर छ ।

पञ्चायत काल, लोकतन्त्र पुनःस्थापनापछिको काल र गणतन्त्र नेपालको स्थापना कालमा धेरै राजनीतिक परिवर्तन भए तर पनि देशमा पेट्रोल र डिजेलको समस्या भनी दिनहुँ बढ्दै छ । २०५५ सालमा प्रति लिटर रु ४० मा खरिद गरिने पेट्रोलको भाउ आज रु. १८१ छ । २०५५ सालमा प्रतिलिटर रु १५ मा खरिद गरिने डिजेल आजको मितिमा प्रतिलिटर रु १७८ पर्छ । पश्चिम नेपालको दैलेख जिल्लामा पेट्रोलियम पदार्थको सम्भाव्यता देखिन्छ । तर हाम्रो देशले यसको फाइदा लिन कहिल्यै सकेन । ठूलो परिमाणमा आयात भइरहेको पेट्रोलियम पदार्थलाई स्वदेशमा उत्पादित विद्युत्ले प्रतिस्थापन गर्न सकिन्छ, तर कहिले गर्ने ? बेहोरिरहेको व्यापारघाटा कम गर्ने कहिले ?

यस्तै नेपालले हाल विद्युत बिक्रीको बजार खोजिरहेको अवस्थामा विद्युतीय सवारी साधनको प्रयोगलाई बढाउने हो भने पनि धेरै हदसम्म पेट्रोलियम पदार्थको खपत घटाउन सकिन्छ । सरकारमा बस्नेहरूले विश्वमा नवीकरणीय ऊर्जाको खपत बढाइरहँदा नेपालमा पनि यसमा प्रोत्साहन गर्नुपर्छ ।


 


Author

थप समाचार
x