अर्थ / बाणिज्य

इतिहासकै उच्च अमेरिकी डलरको भाउ, कमजोर नेपाली रुपैयाँ

इकागज |
असोज ११, २०७९ मगलवार १०:४८ बजे

काठमाडौँ- अमेरिकी डलरको भाउ हालसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिदमूल्य १३० रुपैयाँ ३० पैसा र बिक्रीमूल्य १३० रुपैयाँ ९० पैसा रहेको छ ।

विश्व बजारमा अमेरिकी डलरको माग बढेसँगै मूल्य उकालो लागेको हो । डलर बलियो भएसँगै नेपाली, पाकिस्तानी र श्रीलंकाली रुपैयाँ पनि कमजोर भएको छ भने पाउन्ड–युरो पनि कमजोर बनेको छ ।


यो दिन युरोपियन युरो एकको खरिदमा १२५ रुपैयाँ ७४ पैसा र बिक्रीमा १२६ रुपैयाँ ३२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १३९ रुपैयाँ ८८ पैसा र बिक्रीमा १४० रुपैयाँ ५२ पैसा रहेको छ । 

रुस र युक्रेन युद्धको असरको कारण भारतीय मुद्रा कमजोर भइरहेको छ । भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेकाले पनि केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुँदै गएको छ ।


Author

थप समाचार
x