अर्थ / बाणिज्य

आइफोन १४ आज सार्वजनिक हुने, कस्तो हुनेछ नयाँ आइफोन?

इकागज |
भदौ २२, २०७९ बुधबार १७:४७ बजे

काठमाडौँ - आइफोन निर्माता कम्पनी एप्पलले आज आफ्नो नयाँ उत्पादन आइफोन १४ सार्वजनिक गर्दैछ। बुधबार एप्पल इभेन्टमाफर्त आइफोन १४ सार्वजनिक गर्ने तयारी एप्पलले गरेको हो । नेपाली समयअनुसार राति १०:४५ बाट सुरु हुने जनाइएको छ । युट्युब च्यानल मार्फत प्रत्यक्ष प्रसारणमा आइफोन १४ सार्वजनिक हुनेछ।

एप्पलले आज आइफोन १४, आइफोन १४ प्रो, आइफोन १४ म्याक्स र आइफोन १४ प्रो म्याक्स सार्वजनिक गर्ने तयारी गरेको हो । आइफोन सार्वजनिकसँगै एप्पल वाच सिरिज ८, वाच प्रो तथा एप्पल एयरपडस् प्रो २ पनि सार्वजनिक हुनेछ। अमर उज्यालाले आइफोन १४ मा के कस्ता परिवर्तनहरू हुनेछन् भनेर केही रिपोर्टका आधारमा यसको डिजाइन र हुन सक्ने परिवर्तनका बारेमा जानकारी दिएको छ । जसअनुसार आज सार्वजनिक हुने आइफोनको पछिल्लो संस्करणमा निम्नानुसारका परिवर्तनहरू हुन सक्नेछन् ।


आइफोन १४: डिजाइन

एप्पलले सन् २०१७ मा पहिलोपटक आइफोन एक्स नचको साथ सार्वजनिक गरेको थियो। त्यसपछि विगत पाँच वर्षमा यसमा केही परिवर्तन भए पनि खास देखिने परिवर्तन भएको छैन् । अब आइफोन १४ को डिजाइनमा भने यो केही परिवर्तन हुने अमर उज्यालले जनाएको छ। आइफोन १४ मा अहिलेसम्मको सबैभन्दा सानो नच उपलब्ध हुने बताइएको छ । आइफोन १४ प्रो मोडेलले दुईवटा कटआउटहरू हुनेछन् जसमा एउटा ट्याब्लेट जस्तै हुनेछ र अर्को पंचहोल कटआउट हुनेछ। यसमा, क्यामेरा र माइक्रोफोनको लागि गोपनीयता सूचक समेत हुनेछ।

आइफोन १४: ब्याट्री

आइफोन १३ को सार्वजनिकको क्रममा, एप्पलले पहिलो पटक ब्याट्री लाइफको बारेमा खुलाएर जानकारी दिएको थियो। एक पटक चार्ज गरेपछि, आइफोन १३ को ब्याट्री दिनभर टिक्नेछ। आइफोन १४ को साथ, ब्याट्रीको सन्दर्भमा ठूला परिवर्तनहरू हुने सम्भावना रहेको देखिन्छ। नयाँ आइफोनमा पहिलेको भन्दा ठूलो ब्याट्री हुने बताइएको छ ।

आइफोन १४: क्यामेरा

आइफोन १३ को क्यामेरा पहिले नै उत्कृष्ट छ। यसले कम प्रकाशदेखि दिनको उज्यालोमा राम्रो प्रदर्शन गर्छ, तर आइफोन १४ सँग ठूलो अप्टिकल लेन्सको हुने अपेक्षा गरिएको छ। केही रिपोर्टहरूले गरेको दाबी अनुसार आइफोनमा ४८ मेगापिक्सेल ब्याक क्यामेरा उपलब्ध हुनेछ।

आइफोन १४: चार्जिङ

अहिले एन्ड्रोइड फोनको बजार फास्ट चार्जिङको हिसाबले निकै अगाडि आएको छ । एन्ड्रोइड फोनहरूसँग  १२०वाट सम्मको फास्ट चार्जिंग सामान्य भैसकेका छन् । चार्जिङमा अब आइफोनले पनि केही परिवर्तन गरी फास्ट चार्जिङ समाबेस गर्न सक्ने उल्लेख छ।

आइफोन १४: टाइप-सी पोर्ट

‘युएसबी टाइप सी’ को बारेमा लामो समयदेखि निकै चर्चा भैरहेको छ। युरोपेली संघले अटम २०२४ सम्ममा सबै प्रकारका डिभाइसमा टाइप-सी चार्जरहरू पनि प्रयोग ल्याउन डिभाइस निर्मातहरूलाई जानकारी गराइसकेको अवस्थामा आइफोन १४ ले पनि टाइप सी चार्जिङ पोर्ट सहितको आइफोन सार्वजनिक गर्ने अपेक्षा गरिएको छ। हाल आइफोनहरू लाइटनिङ पोर्टको साथ आउँछन्।


Author

थप समाचार
x