अर्थ / बाणिज्य

सुनचाँदीकै मूल्य घट्यो

इकागज |
भदौ २, २०७९ बिहिवार ११:१९ बजे

काठमाडौँ - सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य घटेको छ । बिहीबार प्रतितोला तीन सयले घटेको हो । बुधबार ९६ हजार दुई सयमा कारोबार भएको छापावाल सुन आज ९५ हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार सात सयबाट घटेर ९५ हजार चार सयमा कारोबार भइरहेको छ । छ । 


चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन एक हजार २१० मा कारोबार भएको चाँदीको मूल्य आज घटेर एक हजार १९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 


Author

थप समाचार
x