अर्थ / बाणिज्य

साउदीमा नेपाली उत्पादन पुर्‍याउन पहल

इकागज |
चैत २४, २०७७ मंगलबार १३:३७ बजे

काठमाडौँ :  साउदी अरबका लागि नेपाली राजदूत महेन्द्र पी सिंहले दुई पक्षीय व्यापार विस्तारका लागि नेपाली उत्पादन साउदी पुर्‍याउन पहलकदमी अघि बढाएका छन् । उनी राजदूत भएर साउदी अरब पुगेदेखि नै उक्त पहल जारी राखेको भए पनि यसले मुर्त रूप लिने अवस्था बल्ल आएको धारणा दूतावास अधिकारीको छ । उनले मित्रराष्ट्र साउदीअरब र नेपालबीच व्यापार प्रवर्द्धनका लागि नेपाली उत्पादन साउदीअरबको बजार प्रवेशमा सहजिकरण पहल गरिरहेका छन् । 

उनले साउदीअरबका बिभिन्न च्याम्बर अफ कमर्स र नेपालको च्याम्बर अफ कर्मसबीच सहकार्यमा जोड दिएका हुन् । उनले सहकार्यको खोजी गर्न सादीको च्याम्बर अफ कर्मसका अधिकारीहरूसँग पहल गरेका छन् । पछिल्लो पटक उनले दम्माम च्याम्बर अफ कमर्सका अध्यक्ष अब्दुल हाकीम विन हमान अल–अम्बर अल–खालिदसँग वार्ता गरेका थिए । उक्त छलफलले दुईपक्षीय सहकार्य अघि बढ्ने विश्वास मिलेको पनि बताए ।


राजदूत सिंहले उक्त छलफलले सहकार्य आशालाग्दो रहेको बताए । राजदूत भएर त्यहाँ पुगेदेखि नै सहकार्यमा जोड दिएका उनले पछिल्लो समय निजी क्षेत्रमार्फत हुने सहकार्यमा पनि जोड दिएका हुन् । उनले यस अलवा अन्य सहकार्यमा पनि जोड दिँदै आफूलाई सक्रिय राखेका छन् । उनको कार्यकाल सकिनै लाग्दा समेत उनी सक्रिय छन् । 

कतिपय कामहरू कार्यवन्यन तहमा पुग्नै लाग्दा कोभिड-१९ ले ओझेलमा पारेको थियो । अहिले भ्याक्सिनपछि कोभिड प्रभाव पनि कम हुन थालेकाले पुनः उनले पुराना सहमति र सहकार्यमा पुग्नै लागेको स्थानबाट काम अघि बढाएका हुन् । 


Author

थप समाचार
x