अर्थ / बाणिज्य

प्राधिकरणका कर्मचारीले मागे विद्युतीय चुल्हो

इकागज |
असार १९, २०७९ आइतबार १९:४ बजे

फाइल तस्वीर

काठमाडौं – विद्युत् प्राधिकरण कर्मचारी युनियनले सबै कर्मचारीहरुलाई एक, एकवटा विद्युतीय चुल्हो उपलब्ध गराउन माग गरेको छ ।

विद्युत् उत्पादन बढेको, खपत बढाउन प्राधिकरणले समेत आम उपभोक्तालाई विद्युतीय चुल्हो प्रयोग गर्न अपील गरेको भन्दै ‘आउन लागेको वार्षिकोत्सवको उपलक्ष्य’ मा आफूहरुलाई पनि उपलब्ध गराउन माग गरेको हो । 


प्राधिकरणमा सबै प्रकारका गरी हाल आठ हजार ३ सय ८६ कर्मचारी छन् । युनियनको माग बमोजिम प्राधिकरण व्यवस्थापनले विद्युतीय चुल्हो उपलब्ध गराउने हो भने न्यूनतम तीन करोड ३५ लाख रुपैयाँ खर्चिनुपर्नेछ । एउटा विद्युतीय चुल्होको औसत बजार मूल्य चार हजार रुपैयाँ छ । 

युनियनले वर्षायाममा २५० र हिउँद याममा १२५ युनिट बिजुली कर्मचारीहरुका लागि निःशुल्क दिन पनि भनेको छ । 

युनियनले आज कार्यकारी निर्देशकसमक्ष ‘ध्यानाकर्षण’ गराउँदै प्राधिकरण नाफामा गएकाले वार्षिक उत्सव भत्ता पनि एक महिना तलब बराबर कायम गर्न माग गरेको छ । युनियनले प्राधिकरण नाफामा जान थालेकाले बोनस ऐन, २०३० अनुसार कार्यरत सबै कर्मचारीलाई बोनस खुवाउन पनि आग्रह गरेको छ ।

उसका विभिन्न माग यस प्रकार छन् ः 


 


Author

थप समाचार
x