अर्थ / बाणिज्य

सरकारले सुरू गर्‍याे मुलुकभर एकैसाथ बजार अनुगमन

इकागज |
असार १८, २०७९ शनिवार २०:५ बजे

फाइल तस्बिर

काठमाडौँ- सरकारले मुलुकभर एकैसाथ बजार अनुगमन सुरू गरेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै असार १७ गते शुक्रबार केन्द्र, प्रदेश र स्थानीय तहका साथै ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत एकै साथ अनुगमन गरिएको जानकारी दिएको हो । अनुगमनका क्रममा मुलुकभरका बिभिन्‍न स्थानमा ७१ वटा कम्पनीलाई कारबाही गरिएको विभागका महानिर्देशक लीलाप्रसाद शर्माले जानकारी दिए ।


जसमध्ये विभागले गरेको २५ वटा फर्मको अनुगमनका क्रममा ९ वटालाई कारबाही गरिएको छ । त्यस्तै प्रदेश १ मा २० फर्ममा अनुगमन गरिएको छ भने मधेश प्रदेशमा गरिएको १३ फर्मको अनुगमनका क्रममा ११ लाई कारबाही गरिएको विभागले जनाएको छ । त्यस्तै अन्य स्थानमा पनि प्रभावकारी रूपमा अनुगमन गरिएको शर्माले बताए ।

त्यस्तै बजारमा चिनिको भाउ महँगिएको विषयमा पनि विभागले आपूर्ति मन्त्रालयलाई अध्ययनका लागि अनुरोध गरिएको उनले बताए । त्यस्तै उनले बजारमा अन्य कम्पनीको नूनको विषयमा पनि छानबिन गर्न अनुसन्धान टिम बनाएको र नूनको नमुना परीक्षणका लागि पठाइएको जानकारी दिए ।

यस्तै विभागले ७७ वटा जिल्ला प्रशासन र स्थानीय तहमार्फत देशभर अनुगमनको कार्यलाई निरन्तरता दिने जनाएको छ ।


Author

थप समाचार
x