अर्थ / बाणिज्य

गत १० वर्षदेखि नेपालमा नीतिगत भ्रष्टाचार भइरहेको छ : अर्थविद्

इकागज |
असार १७, २०७९ शुक्रबार २१:१४ बजे

काठमाडौँ- वरिष्ठ अर्थविद् डा. चन्द्रमणि अधिकारीले नेपालको कर प्रणालीलाई व्यापक सुधारको आवश्यकता भएको बताएका छन् ।

शुक्रबार आर्थिक पत्रकार समाज नाफिजले आयोजना गरेको‘परिवर्तित राजश्व नीतिको उपभोक्तामा प्रभाव’ विषय अन्तर्क्रियामा बोल्दै अर्थविद् अधिकारीले यस्तो बताएका हुन् । उनले नेपालको कर नीति भन्सारमा कर पुगेन भनेर अन्य वस्तुबाट बढी कर उठाएर रहेको जानकारी दिए । अधिकारीले विगत १० वर्षदेखि नेपालमा नीतिगत भ्रष्टाचार भइरहेको उल्लेख गरे । 


अर्थविद् अधिकारीले करसम्बन्धी नीतिगत भ्रष्टाचारका विषयमा ख्याल गर्न नसक्दा नेपालको अर्थतन्त्र भाडा लिने अर्थ व्यवस्थामा पुगेको दाबी गरे ।


Author

थप समाचार
x