अर्थ / बाणिज्य

खानेपानीको जार/बोत्तलमा खाद्यको लेवल नम्बर नभएमा प्रयोग नगर्न विभागको अनुरोध

इकागज |
असार १४, २०७९ मगलवार ११:२९ बजे

फाइल फोटो

काठमाडौँ - खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपत्यकामा प्रयोग हुने खानेपानी जार वा बोत्तलको लेवलमा विभागले उपलब्ध गराएको नं रहे नरहेको जाँचेर मात्र प्रयोग गर्न अनुरोध गरेको छ। विभागले उपलब्ध गराउने नं (डीएफटिक्युसी नं)  उल्लेख भएको तथा बिर्को सिलबन्दी भएको सुनिश्चित गरेर मात्र प्रशोधित पिउने पानी उपभोग गर्न अनुरोध गरेको छ । वर्षायाममा झाडापखाला लगायत विभिन्न रोगका हानिकारक सूक्ष्म जीवाणुहरूको संक्रमण बढने साथै संक्रमित पानीको प्रयोगबाट रोगको संक्रमण हुने सम्भावना भएको हुँदा स्वच्छ तथा सफा पानीको प्रयोग गर्न विभागले अनुरोध गरेको हो ।

प्रशोधित पिउने पानी (बोटल/जार) उत्पादन तथा बिक्रि वितरण गर्न प्रशोधित पिउने पानी उत्पादन सम्वन्धी निर्देशिका २०७४ बमोजिमका प्रावधानहरू पुरा गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वा मातहतका कार्यालयहरूबाट अनिवार्य रूपमा खाद्य ऐन नियम अनुसार अनुज्ञापत्र लिइ नवीकरण अद्यावधिक गराइ मात्र उत्पादन तथा बिक्रि वितरण गर्न प्रशोधित पिउने पानी उद्योगीहरुलाई समेत विभागले सूचित गरेको छ । अन्यथा खाद्य ऐन नियम अनुसार कारवाही हुने समेत विभागले जनाएको छ।
विभागले सम्पूर्ण उपभोक्ताहरूले प्रशोधित पिउने पानीको बोटल र जारको लेवलमा (DFTQC No.) उल्लेख भएको तथा बिर्को सिलबन्दी भएको सुनिश्चित गरेर मात्र प्रशोधित पिउने पानी उपभोग गर्न अनुरोध गरेको छ । साथै खाद्य अनुज्ञापत्र नलिइ उत्पादन विक्रि वितरण गरेको जानकारी भएमा विभाग तथा मातहतका कार्यालयमा सूचना उपलब्ध गराई कारवाही प्रकृयामा सहयोग गर्न विभागले अनुरोध गरेको छ। पछिल्लो दिनमा पानीका कारणले उपत्यकाका विभिन्न स्थानमा झाडा पखालाका बिरामी बढेपछि विभागले आफ्नो सक्रियता थप बढाएको छ।
 



Author

थप समाचार
x