अर्थ / बाणिज्य

सामान किन्दा मूल्य होइन ब्रान्ड रोज्‍नुहोस् : शैलेन्द्र झा

कमल धिताल |
असार १३, २०७९ सोमबार १९:१५ बजे

काठमाडौँ - नेपालमा सीजीले बिक्री गर्दै आएको मध्ये छोटो समयमा लोकप्रिय भएको ब्रान्ड हो टिसिएल। टिभी, वासिङ मेसिन, एसी एवं घरायसी लगायतका सामाग्री बिक्री गर्दै आएको यस ब्रान्ड मल्टिनेशनल ब्रान्ड समेत हो । हाल टिसिएल ४० भन्दा बढी देशहरूमा उपलब्ध रहेको छ । करिव १० वर्ष अघि भित्रिएको यस ब्रान्डले नेपालमा टिसिएलले रूपमा बजार विस्तार गरिरहेको छ। सुरुमा एलइडी टिभीबाट नेपाली बजारमा पसेको टिसिएल हाल विश्वबजारमा उपलब्ध भएका उच्च प्रविधिहरूको प्रयोग भएका इलेक्ट्रोनिक्स सामानहरू समेत बिक्री गरिरहेको छ।

टिसिएलका सेल्स हेड शैलेन्द्र झा हाल टिसिएलको फोकस भनेको एलइडी टिभी, एसी, वासिङ मेसिन लगायतका छन् । यस वर्षदेखि हामीले यसमा फ्रिज, वाटर डिसपेन्चर लगायतका घरायसी सामानहरूको बिक्रीमा पनि जोड दिने योजना बनाएको बताउँछन्।


 

सीजी ग्रुप अन्तर्गत नै सीजी एलजी टिसिएल लगायतका इलेक्ट्रोनिक्स सामानहरू रहेका छन् ग्राहकहरूले कसरी र कुन किन्ने अनि तपाईंहरूलाई एकै छातामुनि बिक्री गर्न केही अप्ठ्यारो हुँदैन भन्ने हाम्रो प्रश्नमा उनी भन्छन् ‘मार्केट भइसकेपछि यसमा धेरै ब्रान्ड हुन्छ । यसमा ब्राण्ड स्थापित हुनमा ग्राहकहरूले कै रोजाइमा भर पर्ने हुन्छ । टिसिएल नेपालमा केही ढिला भित्रिएको ब्राण्ड हो । यसमा पनि आएको छोटो समयमा नै पनि हामी बिक्रीको हिसाबले पनि निकै अगाडी रहेको बताउँछन्।

त्यस्तै ग्लोबल ब्राण्डको कुरा गर्दा युरोपियन देखि अमेरिकामा निकै लोकप्रिय ब्रान्डको रूपमा रहेको झा दाबी गर्छन् ।

उनी अगाडी थप्छन्- ‘२०२१ मा ग्लोबल्ली एन्ड्रोइड टिभीमा नम्बर १ टिसिएल ब्रान्ड रहेको छ । यसमा रिसर्च एण्ड डेभलोमेन्ट टिम रहेको छ जसले दैनिक नयाँ नयाँ रिसर्च र डेभलोमेन्ट गरिरहेका हुन्छ ।‘

भर्खरै मात्र टिसिएल ब्रान्डलाई ओम्दिया ग्लोबल टिभी डिजाइन एण्ड फिचर्स ट्र्याकर रिपोर्टले टिसिएल  ग्लोबल नम्बर १ एन्ड्रोइड टिभी ब्रान्ड प्रमाणित गरेको छ। ओम्दिया ग्लोबल टिभी डिजाइन एण्ड फिचर्स ट्र्याकर रिपोर्टका अनुसार गत वर्ष सन २०२१ मा १८ करोड ९० लाख वटा स्मार्ट टिभी सिपमेन्ट भएको थियो ।

त्यस मध्ये ७ करोड ३२ लाख वटा एन्ड्रोइड स्मार्ट टिभीको सिपमेन्ट भएको थिए, जसको २०.७५ टिभी १ करोड ५१ लाख वटा टिसिएलको टिभीको सिपमेन्ट भएको थियो, जसले टिसिएललाई मार्केट सेयरको आधारमा ग्लोबल नम्बर १ एन्ड्रोइड स्मार्ट एन्ड्रोइड टिभी ब्रान्ड बनाएको छ ।

टिसिएलको आगामी दिनको योजनाका विषयमा झा भन्छन्- ‘मार्केटमा डिमान्ड र ग्राहकको चाहनाअनुसार टिसिएलले आफ्नो प्रडक्टहरू थप गर्दै जाने योजना छ’

पछिल्ला दिनमा विश्वमै टिभीका दर्शक घट्दै गएपनि स्पोर्ट्स तथा फिल्महरू हेर्नका लागि दर्शकहरू टिभीकै प्रयोग गर्ने झा बताउँछन् । उनी भन्छन् ‘हो टिभीको दर्शक पहिला भन्दा कम भएका हुन पहिला समाचार थाहा पाउन तथा अन्य जुनसुकै प्रयोगका लागि पनि टिभीको हेरिन्थ्यो अब भने त्यसको विकल्प दिने न्युज साइटहरू छन् तर पनि बिग म्याच र फिल्महरू हेर्नका लागि मानिसहरू टेलिभिजनकै प्रयोग गर्ने गरेका छन् ’

टिसिएल टिभीका मुख्य विशेषताका बारेमा प्रश्न गर्दा झा भन्छन्- टिसिएलको मुख्य विशेषता ४३ इन्च भन्दा माथिका टिभीहरू हुन् । टिसिएलले पछिल्ला दिनमा क्युलेड टिभी बजारमा बिक्री गरिरहेको छ । क्युलेड भनेको क्वान्टम डट टेक्नोलोजी हो जुन पछिल्लो निकै उच्च प्रविधि रहेको उनको दाबी छ।

क्युलेडमा उच्च प्रविधि प्रयोग गरिएको हुँदा यसमा अन्य प्रविधिभन्दा ४ गुणा गुणस्तरीय रहेको झा बताउँछन्।

ग्राहकहरूले इलेक्ट्रोनिक्स सामाग्री किन्दा कुन कुरामा ध्यान दिँदा राम्रो हुन्छ भन्ने प्रश्नमा झा भन्छन् ‘कुनैपनि इलेक्ट्रोनिक्स प्रडक्टमा सबै राम्रो हुन्छ भन्ने हुँदैन कम्प्लेन आउँदा र आइसकेपछि आफ्टर सेल्स सर्भिस कस्तो छ त्यसको बारेमा जानकारी लिनु जरुरी रहेको हुन्छ ।‘

ब्रान्ड भनेको मानिसको विश्वास हो । वस्तु बेचिसकेपछि पनि बिक्रेताले कस्तो सेवा दिन्छ भन्ने कुरा झन् महत्त्वपूर्ण हुने झा बताउँछन् । नेपालको स्थापित ब्रान्ड सीजीले यसको बिक्री वितरण गरिरहेको कारण पनि मानिसहरूमा विश्वास बढेको उनको तर्क छ । 

हाल सीजीले बिक्री गरेको वस्तुमा ग्रामीण भेगमा समेत सेवा पाइन्छ भन्ने विश्वास स्थापित छ । ग्राहकले कुनै गुनासो गर्दा त्यसको समयमै सुनुवाइ हुने अवस्था यस ब्रान्डमा रहेको झा बताउँछन् । यस्ता र यी सबै कुराले ग्राहकहरूलाई विश्वास दिलाउँछ । उनीहरू समयमै सेवा पाउँछु भन्ने कुरामा विश्वस्त हुन सक्ने आधारले कुनै ब्रान्ड स्थापित हुने उनको तर्क छ।

साथै आफूले किनेको यस्ता सामाग्रीहरूमा केही खराबी आयो भने कम्पनी उपलब्ध गराउने सर्भिस पाइने पार्टस् आदिको पनि राम्रो अध्ययन गरेर मात्र यस्ता सामाग्रीहरू किन्न शैलेन्द्र सल्लाह दिन्छन् ।

(भिडियो: आधार बाबु खतिवडा)

 


Author

कमल धिताल

धिताल अर्थ/वाणिज्य क्षेत्रमा रिपोर्टिङ गर्छन् ।


थप समाचार
x