अर्थ / बाणिज्य

सुनको मूल्य बढ्यो

इकागज |
असार १३, २०७९ सोमवार १२:३ बजे

काठमाडौँ - सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ४०० ले बढेर रु ९७ हजार ७०० पुगेको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला ९७ हजार ३०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ८०० थियो ।  


त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले बढेर एक हजार २५५ तोकिएको महासङ्घले जनाएको छ । 


Author

थप समाचार
x