अर्थ / बाणिज्य

अब कुन पेट्रोलियम पदार्थको कति मूल्य ?

इकागज |
असार ११, २०७९ शनिबार १७:४५ बजे

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले राति १२ बजेदेखि लागू हुने गरेर मूल्य घटाएको हो ।

गठबन्धन दलले पेट्रोलियम पदार्थकोमूल्य घटाउन सरकारलाई निर्देशन दिएसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पत्रकार सम्मेलनगरेर मूल्य घाउने जानकारी दिएका थिए । पेट्रोलमा प्रतिलिटर २० र डिजेलमा प्रतिलिटर २९ रुपैयाँले घटाउने घोषणासँगैै निगमले विज्ञप्ति निकाल्दै मूल्य समायोजन गरेको हो । 
अब पेट्रोलको मूल्य प्रतिलिटर १७९ रुपैयाँ र डिजेलकाे मूल्य प्रतिलिटर १६३ रुपैयाँ कायम भएको छ ।


त्यस्तै तथा मट्टितेल पनि अब १६३ मा पाइने भएको छ । हवाइ इन्धन र ग्यासको भने भाउ यथावत नै रहेको छ ।


Author

थप समाचार
x