अर्थ / बाणिज्य

इकमर्स साइटले उत्पादित सामान बजारीकरण गर्न सजिलो हुन्छ : बडू

इकागज |
असार ९, २०७९ बिहिवार १६:१६ बजे

काठमाडौँ- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले इ-कमर्श साइटको शुभारम्भ गरेका छन । नेपालमा उत्पादित सामानलाई अन्तराष्ट्रिय स्तरमा बिक्री र प्रवर्द्धन गर्ने उद्देश्यले यो साइट सुरु गरिएको हो । 

सो अवसरमा बोल्दै बडूले यस्ता इ-कमर्श साइटले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पहुँच पुग्ने बताए । साना तथा घरेलु उद्योगहरूको प्रवर्द्धन गर्न इ-कमर्श प्लेटफर्म सहयोगी हुने बताए । सरकारले पनि बजेटमा उत्पादन बढाउने र आयात घटाउने जस्ता नीति ल्याएको हुँदा सरकार र नीजि क्षेत्र मिलेर मात्र यो बजेट कार्यन्वयन गर्न सहज हुने बताए । 


उद्योग मन्त्रालय, नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा नेपाली उत्पादनको बजारीकरणका लागि निर्मित इ–कमर्सको शुभारम्भ गर्दै मन्त्री बडूले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा सरकारले मुलुकको निर्यातलाई बढाउने, उत्पादनलाई बढाउने नीति लिएको जानकारी दिए। यसका लागि नेपाली उत्पादन बढाउन प्रधानमन्त्रीको नाममा नै कार्यक्रम रहेको र अर्को मेड इन नेपाल मेक इन नेपालको दशकका रूपमा कार्यक्रम अघि बढाएको उनले जानकारी दिए ।

डब्लुटिओ बैठकमा आफू सहभागी हुँदा नेपाल कम विकासशील राष्ट्रबाट विकासशील राष्ट्रमा जाँदा हाल पाउँदै आएको विभिन्न सुविधा नपाउँदा यसले नेपाल  झन् गरिबीतर्फ जाने भन्दै सो बैठकमा आफूले केही समयको लागि सो सहुलियत नहटाउन लागि आग्रह गरेको बताए । 

कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले तरलता समस्याले गर्दा सबै व्यापार व्यवसाय अप्ठ्यारोमा परेको र  लाखौं सेयर  लगानीकर्ता समस्यामा परेको बेला आफ्नै उत्पादन बिक्री गर्न पाउने यस्ता प्लेटफर्म आउँदा केही सहज पार्ने बताए । 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले इ कमर्श प्लेटफर्मले साना उद्योगहरूलाई आफ्ना उत्पादित सामान बजारीकरण गर्न सजिलो हुने बताए । साथै हाल नेपालको व्यापार घाटा उल्लेख्य बढेको हुँदा यसलाई सम्वोधन नगरे देश नै दुर्घटनामा पर्ने बताए । नेपालमा हाल प्रतिबन्धित रहेको गाँजाबाट क्यान्सर जस्ता रोगहरू समेत निको पार्ने औषधीय गुण रहेको बताउँदै यसलाई अब सरकारले खुल्ला गर्नुपर्ने बताए । 

नेपालका लघु, घरेलु तथा साना उद्योग र उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको डिजिटल प्रविधिबाट प्रदर्शनी तथा व्यापार प्रवद्र्धन गर्न नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा स्थापितको शुभारम्भ गरिएको हो ।

नेपालीबाट नेपालीकै लागि विकास गरिएको निःशुल्क डिजिटल बजारका सम्बन्धमा आम नेपाली उद्योगी व्यवसायीको बीचमा पुर्‍याउने उद्देश्यले इ-कमर्श साइट बजारमा ल्याइएको यस साइटमा नेपालमा रहेका लघु तथा घरेलु साना उद्योगले बनाएका सामानहरु पाइन्छ । 


Author

थप समाचार
x