अर्थ / बाणिज्य

मधेश प्रदेशको मन्त्रालयगत बजेट यस्तो छ

सुभाष कर्ण |
असार १, २०७९ बुधवार १९:३५ बजे

जनकपुरधाम - मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको बजेट सार्वजनिक गरेको छ । बजेटमा मन्त्रालयगत अनुसार सबभन्दा बढी भौतिक पूर्वाधार विकास मन्त्रालय १८ अर्ब ८ करोड ४५ लाख ६४ हजार रहेको छ भने सबभन्दा कम महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको ६१ करोड ९८ लाख विनियोजन गरिएको छ । 

प्रदेशको बैठकमा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले सार्वजनिक गरेको बजेटमा सामाजिक विकास मन्त्रालय ७ अर्ब ८०  करोड ९६ लाख, उद्योग, पर्यटन तथा वन मन्त्रालय ४ अर्ब ८४ करोड ६४ लाख, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय २ अर्ब ७४ करोड २५ लाख, खानेपानी तथा उर्जा विकास मन्त्रालय १ अर्ब ६८ करोड ८६ लाख र गृह तथा सञ्चार मन्त्रालय ६४ करोड ३३ लाख २० हजार विनियोजन गरिएको छ । 


त्यस्तै प्रदेश जनलोकपाल आयोगको संस्थागत सुदृढीकरण र क्रियाशीलता बनाउन रु ४ करोड ९७ लाख, प्रदेश सभा निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि २ अर्ब ३५ करोड, प्रदेश भित्रका स्थानीय तहको वितीय हस्तान्तरणका लागि ३ अर्ब ८७ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लागि १ अर्ब ७३ कोड ९३ लाख ९१ हजार, अर्थ मन्त्रालयका लागि रु २४ करोड ९० लाख ४५ हजार, कानुन न्याय तथा प्रदेश सभा मामिला मन्त्रालयका लागि रु ५ करोड ३३ लाख २८ हजार र बाणिज्य आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालयका लागि रु २ करोड ६० लाख १४ हजार बजेट विनियोजन गरिएको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x