अर्थ / बाणिज्य

माइक्रोसफ्टको 'इन्टरनेट एक्सप्लोरर' आजदेखि बन्द

इकागज |
असार १, २०७९ बुधबार ११:२३ बजे

काठमाडौँ - माइक्रोसफ्टले सन् १९९५ मा माइक्रोसफ्टले इन्टरनेट ब्राउजिङका लागि ल्याएको इन्टरनेट एक्सप्लोरर आजदेखि बन्द भएको छ । २७ वर्षदेखिको इतिहास बोकेको यस ब्राउजर बुधबारदेखि बन्द गर्ने माइक्रोसफ्ट यसअघि नै घोषणा गरेको थियो । आजदेखि यस ब्राउजर प्रयोगकर्ताहरू माइक्रोसफ्ट एजमा पठाइने (रिडाइरेक्ट) कम्पनीले जनाएको छ।

इन्टरनेट एक्सप्लोरर जेनेरेशन जेड भन्दा अगाडि जन्मेका मानिसहरूका लागि इन्टरनेटको गेटवे थियो । त्यस युगमा माइक्रोसफ्टले टेक संसारमा प्रभुत्व जमाएको थियो जसलाई सीडी-रोम प्रयोग गरेर कम्प्युटरहरूमा इन्स्टल गर्नुपर्थ्यो।


माइक्रोसफ्टको बजार प्रभुत्व विन्डोज अपरेटिङ सिस्टमको भागको रूपमा सफ्टवेयरको बन्डलिङको कारण आएको हो । गति केही सुस्त हुँदा पछि आएका मोजिल्ला फायर फक्स, गुगल क्रोम, ओपेरा लगायतले यसलाई निकै पछाडि छोडेका थिए । माइक्रोसफ्टले सन २०२० देखिनै यसमा अपडेट दिन बन्द गरेको थियो ।

 


Author

थप समाचार
x