अर्थ / बाणिज्य

यस्तो छ सार्वजनिक संस्थानको अवस्था

इकागज |
जेठ १५, २०७९ आइतबार ८:५६ बजे

काठमाडौंँ-  सरकारले शनिबार सार्वजनिक गरेको विभिन्न सार्वजनिक संस्थानहरूको वित्तीय रिपोर्टअनुसार अधिकांश संस्थानको नाफा घटेको छ । अधिकांश सार्वजनिक संस्थानको नाफा घटेको देखिएको हो ।

आर्थिक वर्ष २०७७/७८ मा सञ्चालनमा रहेको ४४ वटा सार्वजनिक संस्थानमध्ये २२ वटा मात्रै नाफामा रहेका देखिएको छ भने  बाँकी १९ वटा सार्वजनिक संस्थान घाटामा छ । बाँकी ३ संस्थानको कारोबार शून्य रहेको देखिएको छ ।


आर्थिक वर्ष २०७७/७८ मा पनि विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि चालिएका कदमबाट समग्र अर्थतन्त्र नै प्रभावित हुन गएको अवस्थाका कारण सार्वजनिक संस्थानको कार्यसम्पादनमा समेत केही संकुचन आएता पनि सार्वजनिक संस्थानको समग्र वित्तीय स्थिति भने सन्तोषजनक रहेको सरकारले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

गत आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा सार्वजनिक संस्थानको खुद नाफा घटेको हो । सार्वजनिक संस्थानको खुद नाफामा ४५.४२ प्रतिशतले कमी आई आर्थिक वर्ष २०७७/७८ तुलनामा मा २६ अर्ब ३५ करोड ८८ लाख रुपैयाँ पुगेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा सञ्चित नाफा गत आर्थिक वर्षको तुलनामा ३.३५ प्रतिशतले वृद्धि भई १ खर्ब १३ अर्ब ५६ करोड ५९ लाख पुगेको जनाइएको छ । त्यसैगरी संस्थानहरूको सञ्चित नोक्सानी गत आर्थिक वर्षको तुलनामा ३६.३६ प्रतिशतले कमी आई २१ अर्ब ७८ करोड ६६ लाख रुपैयाँबराबर कायम भएको छ ।

नाफामा सञ्चालन भएका संस्थानहरूबाट आव २०७७/७८ मा सरकारले ६ अर्ब ७२ करोड १४ लाख रुपैयाँ लाभांश प्राप्त गरेको छ ।

सार्वजनिक संस्थानबाट प्राप्त भएको १४ अर्ब ८२ करोड ९ लाख रुपैयाँ आयकर प्राप्त भएको छ । उक्त आवमा संकलन भएको संघीय सरकारको कुल आयकरमा सार्वजनिक संस्थानबाट संकलित आयकरको योगदान ६/४९ प्रतिशत छ । आव २०७६/७७ मा यस्तो योगदान ८.८२ प्रतिशत थियो ।


Author

थप समाचार
x