अर्थ / बाणिज्य

सार्वजनिक संस्थानको सुधार नभए मर्जर वा खारेज गर्ने

इकागज |
जेठ १०, २०७९ मंगलबार १७:१२ बजे

काठमाडौंँ - सरकारले वित्तीय रुपमा बोझिला सार्वजनिक संस्थानको सुधार सम्भव नभए मर्जर गर्ने वा सो पनि सम्भव नभए खारेज गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले  संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुरा उल्लेख गरेकी हुन्। 

वित्तीय रुपमा बोझिला सार्वजनिक संस्थानको प्राथमिकता व्यवस्थापन सुधार हुने, त्यो सम्भव नभए मर्जरमा लैजान र त्यो पनि नभए खारेज गर्ने उल्लेख छ। त्यसैगरि विगतमा सञ्चालनमा रहेर बन्द भएका विभिन्न उद्योगहरु पुनः सञ्चालनमा ल्याउन विशेष कार्यक्रम ल्याउने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।



Author

थप समाचार
x