अर्थ / बाणिज्य

भारतमा फाइभजी नेटवर्कको सफल परीक्षण

इकागज |
जेठ ७, २०७९ शनिबार २:४५ बजे

काठमाडौंँ - भारत आफैँले निर्माण गरेको फाइभ जी नेटवर्कको सफलतापूर्वक परीक्षण गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको फाइभ जी टेस्ट-बेडको परीक्षण गरिएको हो।

उक्त फाइभ जी भारतीय सञ्चार मन्त्री अश्विनी वैष्णवले कल गर्दै यसको परीक्षण गरेका थिए । हाल भारतमा साइबर सुरक्षाको मुद्दा उठिरहेको बेलामा भारतले आफ्नै स्थानीय फाइभ जी नेटवर्क सोलुसन विकास गरेको हो । यस सफलताले भारतीय प्रयोगकर्तालाई फाइभ जी प्रयोग सस्तो र उत्पादनशील बनाउने र व्यवसायिक रूपमा तयार भएपछि यसको प्रयोग भारतको सरकारी स्वामित्वमा भएको बीएसएनएलमा गरिने योजना समेत रहेको जनाइएको छ ।



Author

थप समाचार
x