अर्थ / बाणिज्य

शारदानगर जागृति खानेपानी आयोजनाको अनुगमन तथा निरीक्षण

इकागज |
जेठ ७, २०७९ शनिबार १:५३ बजे

काठमाडौँ - पूर्वाधार विकासमा सहलगानी तथा साझेदारी नीति अपनाइएको शहरी खानेपानी तथा सरसफाई आयोजना अन्तर्गत कोषको ऋण लगानी समेतमा चितवनमा निर्माणाधिन शारदानगर जागृति खानेपानी तथा सरसफाई आयोजनाको अनुगमन तथा निरीक्षण गरिएको छ।

अनुगमन तथा निरीक्षण भ्रमणका क्रममा आयोजनालाई गुणस्तरीय रुपमा तथा समयमा सम्पन्न गर्नका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागको आयोजना व्यवस्थापन कार्यालयका पदाधिकारीहरु, नगर विकास कोषका पदाधिकारीहरु, खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका पदाधिकारीहरु, परामर्शदाता तथा निर्माण व्यवसायी बीच महत्वपूर्ण छलफल गरिएको थियो।


कूल अनुमानित लागत ३३ करोड ४१ लाख ६६ हजार रूपैँया रहेको यस आयोजनामा कूल लागतको २५% रकम अर्थात ८ करोड ३५ लाख ४१ हजार रूपैँया कोषको ऋण लगानी रहेको छ भने नेपाल सरकारबाट ७० प्रतिशत अनुदान तथा ५ प्रतिशत रकम उपभोक्ताबाट व्यहोर्ने जनाइएको छ । यस आयोजनामा लगानीका लागि कोष तथा खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बीच २०७८ वैशाखमा ऋण सम्झौता सम्पन्न गरिएको थियो ।

आयोजनाले भरतपुर महानगरपालिका वडा नं. १६, १७, १९ र २० का २१ हजार १ सय ५६ जनसंख्यालाई ६ वटा डिप बोरिङ्गको माध्यमबाट २४ घण्टा खानेपानी सेवा पुर्याउने लक्ष्य रहेको छ ।


Author

थप समाचार
x