जात्रा-पर्व

ऐतिहासिक रभुवा मेला स्थगित

इकागज |
माघ १, २०७८ शनिवार १२:१५ बजे

खोटाङ - खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडाको रभुवास्थित दुधकोसी किनारमा लाग्ने ऐतिहाँसिक माघे संक्रान्ति मेला रोकिएको छ । करिब २००७ सालभन्दा अघिदेखि लाग्दै आएको ऐतिहासिक मेला कोभिड–१९ को संक्रमणलाई मध्यनजर गर्दै स्थगित गरिएको हो । कोभिड–१९ को बढ्दो संक्रमणको जोखिमलाई मध्यनजर गर्दै रावाबेँसी गाउँपालिकाले ऐतिहासिक रभुवा मेलालाई रोक लगाएको हो । 

कोभिडको जोखिमलाई नियन्त्रण गर्नका लागि नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार रभुवा तथा अन्य धार्मिक तिर्थस्थलमा लाग्ने मेलालाई रोक लगाइएको गाउँपालिकाले जनाएको छ । 


खोटाङ र ओखलढुंगाको सीमानामा लाग्ने मेलालाई जिल्लामा ऐतिहासिक मेला मान्ने गरिन्छ । माघे संक्रान्तिको दुई दिन अघिदेखि नै सुरु हुने र चार/पाँच दिनसम्म लाग्ने ऐतिहासिक मेला खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका स्थानीय थोकवस्तुको बिनिमय गर्ने माध्यमका रूपमा परिचित छ । माघे संक्रान्तिको अवसरमा दुधकोसीमा मकर नुहाउने र मेला भर्ने स्थानीयको भीड लाग्ने गरेको स्थानीय बताउँछन् । 


Author

थप समाचार
x