जात्रा-पर्व

पाहाँ चर्हे जात्रा - असनमा द्य: ल्वाकेगु अर्थात रथ जुधाउने जात्रा (फाेटाेफिचर)

अनुज बज्राचार्य |
चैत ८, २०७९ बुधबार १७:२ बजे

काठमाडाैं । काठमाडौको असनमा ​पाहाँचर्‍हे जात्रा अर्थात खट जुधाउने जात्रा भएकाे छ । याे जात्रा हरेक वर्ष आयाेजना हुन्छ ।

हरेक वर्ष घोडेजात्राको भोलिपल्ट तीन अजिमा अर्थात् भद्रकाली अजिमा, कङकेश्वरी अजिमा र टेबहाल अजिमालाई आ आफ्नो ठाउँबाट बाजा गाजासहितको टोलीले खट जात्रा गरी असन पु¥याएर जात्रा मनाउने परम्परा छ । तीन ठाउँबाट आएका अजिमा असनमा भेला गराई एक आपसमा तीन फन्को घुमाइ एक अर्कालाई आदरसम्मान गरी आगो (चिलाख) साटासाट गरिन्छ ।


किम्वदन्ती अनुसार लिच्छवी राजाले काठमाडौ खड्ग आकारमा निर्माण गर्दा ७ जना देवी, अजिमाहरु स्थापित गरेका थिए । तिनै अजिमाहरुको सम्मान स्वरुप  जात्रा गर्ने परम्परा रही आएको छ ।

भनिन्छ-पहिले पहिले असनमा ७ खट जात्रा गरि "द्य ल्वाकेगु" जात्रा हुन्थ्यो तर अहिले आएर २ देवीको मात्र जात्रा हुने गरेको छ । खट ३ वटा भए पनि दुई वटा खट भद्रकाली (लुँमरी अजिमा) र एउटा खट कंकेश्वरी (चामुण्डा / कंग अजिमा) को हुन्छ ।


Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x