जात्रा-पर्व

इन्द्र जात्राकाे आज अन्तिम दिन, महिलाहरुले ताने रथ (फोटो फिचर)

अनुज बज्राचार्य |
भदौ २९, २०७९ बुधबार २०:५ बजे

काठमाडौं– आज इन्द्र जात्राको आठौं दिनमा महिलाहरुले रथ तानेर यात्रा सुरु गरेका छन् । जात्राको अन्तिम दिन वसन्तपुरबाट महिलाहरुले रथयात्रा गरेका हुन् । 
रथ यात्रामा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल पनि सहभागी भएकी थिइन् ।

कुमारी घरबाट नरदेवी, भेडासीं, किलागल, इन्द्रचोक, मखनमा रथ लगिएको हो ।  कुमारी घर पुगेर रथ यात्रा समापन गरिने गरिएको छ । 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x