जात्रा-पर्व

टाउको र काँधमा दीप बालेर नगर परिक्रमा (फोटो फिचर)

अनुज बज्राचार्य |
भदौ ३, २०७९ शुक्रबार १८:५५ बजे

भक्तपुर– हात, टाउको र काँधमा दीप राखेर नगर परिक्रमा गरिने भक्तपुरको नारायण दीप यात्रा (मतयाः) सम्पन्न भएको छ । शुक्रवार दत्तात्रयमा अवस्थित नारायण मन्दिरबाट दीप राख्दै जात्रा समापन गरेका थिए ।

सो नगर परिक्रमा कार्यक्रममा हजारौँ स्थानीय बासिन्दाहरु परम्परागत नेवारी पोशाकमा हातमा धूप बालेर सहभागी भए । सो अवसरमा हातमा दियो बालेर स्थानीयवासी सहभागी भएका थिए ।


स्थानीयवासी हात, टाउको र काँधमा दीप राखेर यसरी जात्रा मनाउँदा देशमा शान्ति फैलने विश्वास राख्छन् ।


Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x