जात्रा-पर्व

स्वीकृतिविना पञ्चाङ्ग, भित्तेपात्रो तथा क्यालेन्डर प्रकाशित गर्नेलाई कारबाही गर्ने

इकागज |
साउन ४, २०७९ बुधवार ९:१९ बजे

प्रतिकात्मक तस्बिर

काठमाडौँ- नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृति विना पञ्चाङ्ग, भित्तेपात्रो तथा क्यालेन्डर प्रकाशित गर्नेलाई समितिले कारबाही गर्ने भएको छ । पञ्चाङ्ग प्रकाशन गर्न चाहने संस्था व्यक्तिले सूर्य सिद्धान्तको मूल सूत्रबाटै ग्रह स्पष्टीकरण, ग्रहको उदय अस्त, चाडपर्व, विवाह, व्रतबन्धका मुहूर्त र ग्रहण आदिका सबै विषयहरू समावेश गरी साउन मसान्तसम्म बुझाउन समितिले अनुरोध गरेको छ ।

समितिका अनुसार वि. स २०८० सालसम्म देशभर लागू हुने पञ्चाङ्ग प्रकाशन गर्न चाहनेले समितिको कार्यालय नारायणी दरबार परिसर भित्रको कार्यालयमा बुझाउन पर्ने छ ।


नयाँ पञ्चाङ्कहरूले गणना गरेको कम्तीमा तीन वर्षको पञ्चाङ्ग गणनाको गणित  तथा वर्तमान वर्षको गणनाको सबै आधार र गणित पेश गर्नुपर्नेछ । म्याद सकिएका र अङ्ग नपुगेका पञ्चाङ्गलाई समितिले स्वीकृति दिने छैन ।

त्यस्तै, भित्तेपात्रो प्रकाशन गर्न चाहने संस्था वा व्यक्तिले समितिको स्वीकृति लिनुपर्नेछ ।

 

 


Author

थप समाचार
x