जात्रा-पर्व

अबदेखि पशुपतिमा मर्निङ वाक र ध्यान मात्र गर्न पाइने

इकागज |
साउन ३, २०७९ मंगलबार १९:३६ बजे

फाइल तस्बिर

काठमाडौँ- पशुपति क्षेत्रमा अबदेखि 'मर्निङ वाक' र ध्यान मात्र गर्न पाइने भएको छ ।

कोषले गत असार २८ गते सूचना जारी गरी श्रावण १ गतेदेखि मर्निङ्ग वाकका नाममा विभिन्न किसिमका गतिविधिहरू ब्याडमिन्टन खेल्ने, फुटबल-भलिबल खेल्ने, चर्को साउण्डसहित जुम्बा डान्स गर्ने, योगका नाममा अवाञ्छित रुपमा अप्राकृतिक होहल्ला गर्ने कार्य रोक्न अनुरोध गरेको थियो ।


मंगलबार बिहान ५ बजेदेखि कोष पदाधिकारी एवं सुरक्षाकर्मीले गरेको अनुगमनमा सम्वन्धित मर्निङ्ग वाक र ध्यान मात्र गर्न निर्देशन दिएको थियो । होहल्ला नगर्ने, जुम्बा डान्स नगर्ने, ब्याडमिन्टन आदि नखेल्ने, बाटोमा अवरोध पुग्‍ने गरी सम्पदामाथि व्यायाम नगर्ने निर्देशन दिएका थिए ।

पटक-पटक जानकारी गराउँदा पनि अटेर गरेमा प्रचलित कानुन बमोजिम कारबाही गरिने कोषले जनाएको छ ।

कोषले जारी गरिएको विज्ञप्तिमा लेखिएको छ,'साधु सन्तको ध्यान एवं पुजेमा समेत अवरोध हुने देखियो । यस क्षेत्रमा रहेका मृग, बाँदर तथा अन्य पशुपक्षीलाई उक्त आवाजका कारण दैनिक जीवन प्रक्रियामा अवरोध भइरहेकोले नै बाँदरहरू आक्रामक भई बटुवाहरूलाई आक्रमण गर्ने तथा जंगल क्षेत्र छोडी बस्तीमा प्रवेश गर्ने जस्ता क्रियाकलाप गर्ने अवस्थाबारे स्थलगत रुपमा जानकारी गराइएको छ । ऐतिहासिक स्मारक क्षेत्रमा रहेका बोटबिरुवा, जंगल, स्मारक क्षेत्रमा रहेका संरक्षित सम्पदाहरूको समेत विनाश हुन गइरहेको अवस्था देखिएकोले यस किसिमको अमर्यादित गतिविधि रोक्न कोषले सूचना जारी गरी पूर्ण रुपमा रोक लगाएको छ ।'


Author

थप समाचार
x