फेसन

विवाहित महिलाले देखाए आफ्नो प्रतिभा

इकागज |
पुस ११, २०७८ आइतवार १०:५२ बजे

काठमाडौँ - विवाहित महिलाहरुबीचको प्रतियोगिता वाईवाई मिसेस नेपाल वल्र्ड २०२१मा विवाहित महिलाले आफ्नो प्रतिभा प्रदर्शन गरेका छन् । 
राजधानीमा हालै सम्पन्न ट्यालेन्ट राउन्डअन्र्तगत अन्तिम स्पर्धाका लागि छानिएका दुई दर्जन विवाहित सुन्दरीले नृत्य, गायन ,मेकअप, स्टयान्ड अप कमेडी, भाषण कला, मुक्तक, नाटकलगायतका आपूmमा भएका प्रतिभा प्रदर्शन गरेका थिए ।

ट्यालेन्ट सोमा प्रतियोगिहरुले प्रदर्शन गरेको प्रतिभाका आधारमा मिसेस ट्यालेन्ट छानिने र त्यसको घोषणा अन्तिम प्रतिस्पर्धाका दिन गरिने पेजेन्ट निर्देशक निशुकान्त झाले जानकारी गराए । झाका अनुसार प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आगामी पुस १७ गते राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । अन्तिम प्रतिस्पर्धा नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसाराण गर्नेछ । ट्यालेन्ट सोमा प्राध्यापक तथा गीतकार सुदन डोटेल, अभिनेता शीतल केसी, संगीतकार सरोज प्याकुरेल, कोरियोग्राफर जोगेन्द्र केसी, मोडल तथा नायिका रन्जिता गुरुङ र गायिका रीता केसी निर्णायक रहेका थिए । 


प्रतियोगिताको अन्तिम स्पर्धामा सामेल सुन्दरीहरुलाई विभिन्न विषयका विज्ञहरुले तालिम र कक्षा लिइरहेको छन् । कोरियोग्राफर अश्विनीकान्त झाको कोरियोग्राफीमा हुने प्रतियोगितामा रेइबी बज्राचार्य , सुमित्रा पौडेल उप्रेती, लक्ष्मी जोशी, मनिता प्याकुरेल, सुजाता अर्याल, सुष्मिता खड्का, माधुरी कर्ण, पवित्रा बाँनिया, जयन्ती राई, बिनिता कूइँकेल, सुमिता लामा , राजश्री थापा, मनिका न्यौपाने, सृष्टिका दोङ्ग तामाङ्ग, सोनु मगर ढुंगेल, उर्मिला उप्रेती सिलवाल, संगीना अर्याल, दिक्षा केसी, पार्वती गिरी, सृजना सुबेदी, निरन्जना भेटवाल, समिक्षा कार्की, माला सुनार र उषा रजक सहभागी छन्।
 


Author

थप समाचार
x